Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी, १४ कात्तिक : म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् ।

हाल बेलायतमा रहनुभएका काठमाडौँका डा सुरेश काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गरेको भवनको आज उद्घाटन गरिएको छ । एक सय तीन वर्षीया धनसरी पाइजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र बिन्दुका श्रीमान सुरेशले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

‘बिन्दु काफ्ले फाउण्डेसन’ ले एक करोड २५ लाखमा दुईतले भवन निर्माण गरी कोषलाई हस्तान्तरण गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गत २०८२ मङ्सिर महिनादेखि भवन निर्माण सुरु भएको थियो । भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल, पहिलो तलामा कोषको सचिवालय र दोस्रो तलामा रहेको एक वटा कोठामा भान्छाकोठा बनाइएको छ ।

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई भवन निर्माणपछि सहज भएको अध्यक्ष रेग्मीले बताउनुभयो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर पनि छ । हिन्दू धर्मग्रन्थमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक नित्य पूजाआजा गरिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको स्थानीय बताउँछन् ।

स्व बिन्दुका परिवारको गलेश्वर मन्दिरको विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । बिन्दुका बुवा राधाकृष्ण पराजुलीले गलेश्वर मन्दिर निर्माण र विसं २०५७ मा गलेश्वर शिवालय क्षेत्र विकास कोष स्थापना गर्नुभएको थियो । राधाकृष्णका छोरा रमेश पराजुलीले गलेश्वर मन्दिरको छानामा पित्तलको जलप लगाउने लगायतका काममा सघाउनुभएको कोषले जनाएको छ । विसं २०७३ मा बेलायतमा दिवङ्गत हुनुभएकी चिकित्सक रहेकी बिन्दुको इच्छा र स्थानीय आवश्यकताअनुसार भवन निर्माणमा सघाएको सुरेशले बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका बिन्दुका दाजु रमेश र फाउण्डेशनका कोषाध्यक्ष रमेश सुवेदीले निर्माण भएको भवन सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

  • काठमाडौँ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

  • पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

    पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

  • ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

    ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

  • तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

    तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

    Post Thumbnail

    लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

    Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution