Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

बागलुङ १३ कात्तिकः आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अग्र्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (१ दिन अघि)
पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

बागलुङ १३ कात्तिकः आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अग्र्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशीमात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।

पर्यटकीययाम सुरु भएसँगै जिल्लाकै पहिलो घरबासगाउँ बागलुङ नगरपावलिका-१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल बढेको छ । हालै छ जना विदेशी पर्यटक तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र खानपानमा रमाउँदै फर्किएका छन् । बेलायत, स्वीटजरल्यान्ड, अस्ट्रेलिया, अमेरिकालगायत देशका पर्यटक घरबासमा आएका सञ्चालक याम थापाले बताउनुभयो ।

“शुक्रबारदेखि आइतबारसम्म घरबासमा पर्यटकको चहलपहल बढी हुन्छ । पदयात्रामार्फत बागलुङ बजारबाट र जीपमा भकुण्डे पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भकुण्डे यस्तो घरबास हो, जहाँ विदेशी पर्यटक सोझै आउने गरेका छन् । यसले ओझेलमा परेको गाउँलाई चलायमान बनाउनुका साथै बसाइँसराइ रोक्नसमेत सहयोग गरेको छ ।”

विसं २०७३ देखि जिल्लाकै पहिलो घरबासका रूपमा सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरबास स्थानीय कला, संस्कृति, मौलिक परम्परा, आतिथ्य र अग्र्यानिक खानाका कारण परिचित बन्दै गएको छ । पछिल्ला छ वर्षदेखि विदेशी पर्यटकको आगमनले निरन्तरता पाएको सञ्चालकको भनाइ छ ।

बाजागाजासहित पाहुनाको स्वागत

विदेशी पर्यटकको आकर्षण बढ्न थालेपछि घरबासमा नौमती बाजागाजासहित पाहुनाको स्वागत गर्ने गरिएको सञ्चालक थापाले बताउनुभयो । मौसमी फूल, सयपत्री र लालीगुराँसका माला लगाएर पाहुनालाई स्वागत गर्ने परम्परा छ । स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीसँग नजिकबाट परिचित हुन पाइने भएकाले विदेशी पर्यटकको रोजाइमा सामुदायिक घरबास परेको उहाँको भनाइ छ ।

विदेशी पर्यटकलाई भकुण्डे चिनाउने शर्मा

बागलुङको पर्यटन प्रवर्द्धनमा लामो समयदेखि सक्रिय महादेव शर्मा विदेशी पर्यटकलाई भकुण्डे ल्याउन सक्रिय हुनुहुन्छ । विभिन्न माध्यमबाट विदेशी पाहुना भित्र्याउँदै आउनुभएका शर्माले घरबासको अध्ययनसमेत गर्दै आउनुभएको छ ।

भकुण्डेको गाउँ परिवेश, जीवनशैली, खानपान र स्थानीयको आतिथ्य विदेशी पर्यटकले रुचाउने गरेको उहाँले बताउनुभयो । शर्माका अनुसार उहाँको पहलमा दर्जनभन्दा बढी समूहमा विदेशी पर्यटक भकुण्डे पुगेका छन् ।

घरबास सञ्चालिका इन्द्रा थापाले पाहुनाको मागअनुसार सेवा तथा सुविधा थप्दै लगिएको बताउनुभयो । पर्यटकलाई सहज बसाइका लागि तातो तथा चिसो पानी, शौचालयलगायत पूर्वाधारलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ ।

सिन्कीदेखि कोदोको सेलको स्वाद

घरबासको अर्को मुख्य आकर्षण स्थानीय अग्र्यानिक खानाका परिकार हुन् । हिमशृङ्खलाको दृश्यावलोकन गर्दै स्थानीय उत्पादनबाट तयार पारिएका परिकारको स्वाद लिन पाइने भएकाले पर्यटक रमाउने गरेका छन् ।

यहाँ स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, कोदोको सेलरोटी, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुका परिकार खुवाउने गरिएको सञ्चालिका थापाले बताउनुभयो । उहाँका अनुसार १५ घरमा सञ्चालन भइरहेको घरबासमा एक रातमा करिब १०० पर्यटक राख्न सक्ने क्षमता छ ।

मगर संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्य, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल र प्राकृतिक सुन्दरताले भकुण्डे पर्यटकको आकर्षणको केन्द्र बनेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको भकुण्डे भौगोलिक रूपमा समेत रमणीय रहेको उहाँको भनाइ छ ।

यहाँबाट आँखैअगाडि देखिने हिमशृङ्खला, मगर संस्कृति र सुविधायुक्त बसाइँले पर्यटकलाई आकर्षित गर्दछ । घरबासमा पाहुनाको स्वागत तथा बिदाइ गर्ने शैली पनि फरक र आत्मीय रहेको यहाँ पुग्नुभएका स्वदेशी पर्यटक रमण छन्त्यालले बताउनुभयो ।

घरबास सञ्चालिका थापाका अनुसार यहाँ अमेरिकासँगै दक्षिण कोरिया, चीन, जर्मनी, क्यानडालगायत देशबाट पर्यटक आउने गरेका छन् । कतिपय पर्यटक हेलिकप्टरमार्फत समेत भकुण्डे पुग्ने गरेका छन् । घरबासमा आउने विदेशी पर्यटक स्थानीय परिकारको स्वाद लिने, पर्यटकीयस्थल घुम्ने, कला संस्कृतिमा रमाउने तथा स्थानीयसँग नाचगान गरेर समय बिताउने गर्छन् ।

अधिकांश पर्यटक बागलुङ बजारबाट पदयात्रा गर्दै भकुण्डे पुग्ने गरेका छन् । भकुण्डे पुग्ने सडक स्तरोन्नति, खानेपानीको पर्याप्त व्यवस्था र पर्यटकीय पूर्वाधार विस्तारमा ध्यान दिनसके यस क्षेत्रको पर्यटन थप विस्तार हुने स्थानीयको अपेक्षा छ । घरबासको झ्यालबाटै धवलिगिरि, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमाल देख्न सकिन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बागलुङ १३ कात्तिकः आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

  • ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

  • ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

    ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

  • तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

    तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    Post Thumbnail

    न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

    Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

    Post Thumbnail

    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution