Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

झापा, १४ कात्तिकः पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् ।

एसियाली विकास बैंकको वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड निर्माणको ठेक्का इभ्रास्कन कालिका जेभीले पाएको छ ।

निर्माणका क्रममा यातायात व्यवस्थापनमा ध्यान नदिँदा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोका कारण दुर्घटनाको जोखिम बढेको तथा यात्रु र स्थानीयवासीले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।

झापा क्षेत्र नं २ की सांसद एवं प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख इन्दिरा रानामगरले आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी र ट्राफिक प्रहरीसँग छलफल गरी निर्माण कार्यलाई यात्रुमैत्री बनाउन आग्रह गर्नुभएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, एसियाली राजमार्ग आयोजनाका इन्जिनियर आश्रय महत र निर्माण व्यवसायीको प्राविधिक टोलीसँगको छलफलमा उहाँले निर्माणको प्रगति, ट्राफिक व्यवस्थापन र यात्रुले भोगिरहेका समस्या समाधानबारे चासो राख्नुभएको थियो ।

छलफलमा आयोजना प्रतिनिधिले हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी चार महिनाभित्र ७० प्रतिशत पुर्‍याई चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सांसद रानामगरले जानकारी दिनुभयो ।

उहाँले निर्माणलाई तीव्रता दिनुका साथै सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । धुलो तथा प्रदूषण नियन्त्रण र चाडपर्वका बेला वैकल्पिक मार्गको नियमित मर्मतसम्भार गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

यसैबीच, उज्यालो नेपाल पार्टीले निर्माणमा भएको ढिलासुस्ती र अव्यवस्थाविरुद्ध दबाबमूलक अभियान थालेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले सडकमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण यातायात व्यवसायी, यात्रु तथा बजार क्षेत्रका बासिन्दा प्रभावित भएको बताउनुभयो ।

पार्टीले सरकारी निकायमा जनगुनासो पुर्‍याउनुका साथै काँकडभिट्टामा साङ्केतिक विरोध कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो । निर्माणमा ढिलासुस्ती अन्त्य गर्न, सुरक्षित यात्रालाई प्राथमिकता दिन र ठेक्का सम्झौताका यात्रुहितसम्बन्धी सर्त पालना गर्न पार्टीले माग गरेको छ ।

ठेक्का सम्झौताअनुसार एसियाली राजमार्गको स्तरोन्नति विसं २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । विसं २०८० माघ १९ गते सुरु भएको आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ ।

  • झापा
  • प्रतिनिधिसभा
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

  • Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

  • Post Thumbnail

    न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

  • Post Thumbnail

    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रा डा वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार

    प्रा डा वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार

    Post Thumbnail

    वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    Post Thumbnail

    पत्रकार जोशीको आख्यानात्मक कृति ‘बैसाखी’ को गृहविमोचन

    Post Thumbnail

    एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution