Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

धान काटेर घरमा भण्डारणका लागि उपयुक्त ठाउँ नभएको भन्दै यहाँका किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन् । तिहारका लागि खर्च व्यवस्थापन गर्न तथा भण्डारणको समस्या भएपछि खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तोमा किसानले धान बेचिरहेका हुन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (५८ मिनेट अघि)
Post Thumbnail

दाङ, १४ कात्तिकः धान काटेर घरमा भण्डारणका लागि उपयुक्त ठाउँ नभएको भन्दै यहाँका किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन् । तिहारका लागि खर्च व्यवस्थापन गर्न तथा भण्डारणको समस्या भएपछि खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तोमा किसानले धान बेचिरहेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्वीन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु ५०० देखि ६०० सम्म सस्तो दरमा व्यापारीले धान खरिद गरिरहेका दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष धान प्रशस्त फलेको छ । खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन । तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्वीन्टर रु तीन हजारका दरले बिक्री गरिरहेका छौँ ।” उहाँले सरकारले प्रत्येक वर्ष महँगो मूल्यमा धान खरिद गर्छ भन्ने सुनेको बताउँदै अहिलेसम्म यहाँ कोहीपनि किसानले सो मूल्यमा धान बिक्री नगरेका दाबी गर्नुभयो । स्थानीय सरकाले चाँसो नदिँदा आफूहरुले व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताउनुभयो । “अर्नब चक्रवताका कारण आफूसहित गाउँका धेरै किसानले बिहीबार रातभरि थ्रेसर उपकरणको प्रयोग गरी धान तयार गरेर खेतबाटै प्रतिक्विन्टल रु तीन हजार १०० का दरले स्थानीय व्यापारीलाई बिक्री गरिहेका छन्”, उहाँले भन्नुभयो, “वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।”

अधिकांश मध्यम र निम्नस्तरका किसानले भर्खरै भित्र्याइएको धान बिक्री गरेर चाडपर्व मनाउने खर्च जुटाउन सस्तोमा बिक्री गरिरहेका अधिकारीको भनाइ छ । सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफू खुसी मूल्य राखेकाले किसान मर्कामा परेका उहाँले बताउनुभयो । उहाँका अनुसार दाङको देउखुरीमा क्षेत्रमा भने अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् । दाङ उपत्यकाका केही किसानले अहिले धान भित्र्याइरहेका छन् भने केहीले काटेर राखेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताउनुभयो । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले गतवर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको बताउनुभयो । निमित्त प्रमुख डाँगीले कोटा थौरै निर्धारण हुँदा सबै पालिकामा पुग्न नसकिने बताउनुभयो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ ।

यसैबीच बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातका कारण जिल्लाको मौसम प्रतिकूल देखिएपछि यहाँका किसानले खेतमा काटेर राखेको धान नोक्सान हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । केही दिनदेखि किसानले धान काट्ने, बोकेर सुरक्षित ठाउँमा राख्ने गरे पनि सबै ठाउँमा भने यो काम सम्पन्न भएको छैन । हिजो बिहानैदेखि जिल्ला निरन्तर पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

  • विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

  • Post Thumbnail

    मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

    Post Thumbnail

    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

    Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution