Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको बाढीपछि बेपत्ता भएका नागरिकको सम्बन्धित परिवार एवं आफन्तसँग विवरण माग गरेका छन् ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक, १२ कात्तिकः काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको बाढीपछि बेपत्ता भएका नागरिकको सम्बन्धित परिवार एवं आफन्तसँग विवरण माग गरेका छन् ।

जिल्लास्थित १३ स्थानीय तहले ‘रसुवा-भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार वडामार्फत बेपत्ता नागरिकको बिवरण माग गरेका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुको आधिकारिक विवरण यकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा यही कात्तिक १८ गतेसम्म तोकेको छ ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो । काभ्रेपलाञ्चोक प्रशासनको गत असोज २७ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरुको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीपछि काभ्रेपलाञ्चोकका ३७ जना बेपत्ता भएका छन् । कार्यालयका अनुसार बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए ।

आज खानीखोला गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पाँच दिनको समय दिएर उक्त बाढीमा आफ्ना नागरिक बेपत्ता भएकाको विवरण सम्बन्धित परिवार तथा आफन्तसँग मागेको छ । नाम-थर, उमेर लिङ्ग, अस्थायी तथा स्थायी ठेगाना, नागरिकताको प्रमाणपत्र नम्बर, बेपत्ता भएको मिति, स्थान र परिस्थिति तथा निवेदन दिनेको नाता र सम्पर्क नम्बर माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ ।

गत असोज २९ गतेदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ ।

यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति यकिन गर्ने निर्णय गरिएको छ ।

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ । त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको छ । यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण यकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने जनाइएको छ ।

नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो । त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ ।

  • काभ्रेपलाञ्चोक
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

  • Post Thumbnail

    स्थानीयका समस्या संसद्मा उठाउने सांसद उप्रेतीको प्रतिबद्धता

  • राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

  • परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    Post Thumbnail

    अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

    Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution