Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताउनुभयो ।

“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो, “यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पखाइमा बिताउन बाध्य भएका छौँ ।” सास वा लास केही फेला नपर्दा आफूहरु सामाजिक संस्कार गर्न नपाएको रोकायले बताउनुभयो ।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको दुई महिना पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताउनुभयो ।

बुढेशकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । सासको आश मारिसके पनि लाससमेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताउनुभयो ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ”, अनलालले भन्नुभयो, “डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असैह्य पीडाबीच विछोडको भारी थाम्न विवस छौँ ।”

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उहाँको भनाइ छ ।

अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो । डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकेको बताउँदै उहाँले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

“सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छाँै”, अनलालले भन्नुभयो, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छाँै, सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोँच बनाएका छौँ ।”

रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमार्इं पनि सोही बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुवा फर्किने बाटो हेरिरहन्छन् । डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसेको सुभासले बताउनुभयो ।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताउनुभयोृ । उहाँले बेपत्ताको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजना जस्ता बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको बताउनुभयो ।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ जना हालसम्म बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • चितवन
  • नेपाल प्रहरी
  • बाँके
  • रसुवा
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

    सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

  • Post Thumbnail

    विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

  • Post Thumbnail

    बसको ठक्करबाट महिलाको मृत्यु

  • Post Thumbnail

    दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पुर्खाको चिनारी जोगाउँदै आफ्नै माटोमा सम्भावना खोज्दै

    Post Thumbnail

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Post Thumbnail

    बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

    Post Thumbnail

    धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution