Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

पुर्खाको चिनारी जोगाउँदै आफ्नै माटोमा सम्भावना खोज्दै

रोजगारी र अवसरको खोजीमा युवापुस्ता विदेशिनेक्रम बढ्दो छ । गाउँका खेतबारी बाँझिँदै छन्, रैथाने बीउबिजन र स्थानीय जातका पशुपन्छी हराउँदै गएका छन् ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ दिन अघि)
Post Thumbnail

दमौली (तनहुँ), १० कात्तिकः रोजगारी र अवसरको खोजीमा युवापुस्ता विदेशिनेक्रम बढ्दो छ । गाउँका खेतबारी बाँझिँदै छन्, रैथाने बीउबिजन र स्थानीय जातका पशुपन्छी हराउँदै गएका छन् । पुर्खाले पुस्तौँदेखि जोगाउँदै आएको मौलिक खानपान र कृषि संस्कृति पनि विस्तारै ओझेलमा पर्दै गएको छ । यस्तो अवस्थामा आफ्नै माटोमा सम्भावना खोज्दै कृषि उद्यममा जुट्नुभएको छ तनहुँका सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगर ।

बन्दीपुर गाउँपालिका–६, खहरेमा करिब रु एक करोड लगानी गरेर उहाँले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ सञ्चालनमा ल्याउनुभएको छ । यो फार्म केबल कृषि तथा पशुपन्छीपालन गर्ने व्यवसाय मात्र होइन, पुर्खाको ज्ञान, सीप, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने उहाँको प्रयास पनि हो ।

सेतीगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव रहनुभएका मगरले ‘आफ्नो माटो, आफ्नै उत्पादन, आफ्नै पहिचान’ भन्ने भावनालाई आत्मसात् गर्दै फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय स्रोतसाधनको उपयोग, रैथाने कृषि प्रणालीको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले आफ्नै गाउँमा लगानी गरेको उहाँले बताउनुभयो ।

कृषि उद्यमसँग जोडिएको पुर्खाको पहिचान

गर्जा मगरका लागि रैथाने कृषि उत्पादन केबल आम्दानीको माध्यम होइन । यो पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप र जीवनशैलीसँग जोडिएको विषय हो । आधुनिक जीवनशैलीको प्रभावसँगै परम्परागत खानपान र खेती प्रणाली हराउँदै जान थालेपछि तिनको संरक्षण आवश्यक ठानेर आफू कृषि उद्यममा लागेको उहाँले बताउनुभयो ।

“रैथाने कृषि उत्पादनको माध्यम मात्र होइन, यो हाम्रा पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप, संस्कृति र पहिचान पनि हो”, गर्जा मगर भन्नुहुन्छ, “आफ्नै माटोमा सम्भावना खोजेर स्थानीय स्रोतसाधनको सदुपयोग गर्नसके गाउँमै रोजगारी सिर्जना गर्न र कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्न सकिन्छ ।”

उहाँको यही सोचले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ को अवधारणालाई आकार दिइएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै परम्परागत कृषि प्रणाली र मौलिक खाद्य संस्कृतिलाई व्यवहारमै संरक्षण गर्ने प्रयासमा जुटेको उहाँले बताउनुभयो ।

एउटै फार्ममा पशुपन्छीपालनदेखि फलफूल खेतीसम्म

फार्ममा स्थानीय जातका कुखुरा, कालो सुँगुर, राँगा, बाख्रा तथा हाँसपालन गरिएको छ । पशुपन्छीसँगै मौरीपालनलाई फार्मको अभिन्न हिस्सा बनाइएको छ ।

त्यसैगरी, फार्म परिसरमा सुन्तला, जुनार, लिची, कागती र अम्बालगायतका फलफूलखेती गरिएको छ । कृषि उत्पादन र पशुपन्छीपालनलाई एकैठाउँमा समेटेर स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

गाउँमै सम्भावना, गाउँमै रोजगारीको खोजी

रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला गर्जा मगरले आफ्नै गाउँमा लगानी गरेर फरक सन्देश दिन खोज्नुभएको छ । खेतबारी बाँझो राख्नुभन्दा स्थानीय उत्पादन, पशुपन्छीपालन र फलफूल खेतीमार्फत गाउँमै आर्थिक गतिविधि बढाउन सकिने उहाँको विश्वास छ ।

रैथाने बीउबिजन, स्थानीय जातका पशुपन्छी र परम्परागत खानपानलाई नयाँ पुस्तासँग जोड्नसके कृषि उत्पादनसँगै सांस्कृतिक पहिचानको संरक्षणमा पनि योगदान पुग्ने उहाँले बताउनुभयो । कृषि उद्यमलाई सम्मानित र सम्भावनायुक्त पेसाका रूपमा स्थापित गर्नसके गाउँमै बसेर पनि भविष्य निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ ले बन्दीपुरको कृषि सम्भावनालाई स्थानीय पहिचानसँग जोड्ने प्रयास गरेको छ । यसको दीर्घकालीन सफलता उत्पादन, बजार व्यवस्थापन, गुणस्तर र दिगो सञ्चालनमा निर्भर रहने उहाँको भनाइ छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

    धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

  • संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

    संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

  • कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

  • Post Thumbnail

    कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

    श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

    श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

    बाढीको असर सेवा प्रवाहमा

    बाढीको असर सेवा प्रवाहमा

    Post Thumbnail

    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution