Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

चितवन, २९ असोजः नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।

नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो । भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो । रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका इन्जिनियर लक्ष्मीशोभा महर्जन, इन्जिनियर अप्सना श्रेष्ठ र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर सिजन श्रेष्ठ रहनुभएको छ ।

प्रधानका अनुसार मन्त्रालयले नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई सौन्दर्यकरण तथा ‘रिक्रियसन’ स्थलका रुपमा विकास गर्न गुरुयोजना तर्जुमाका लागि कार्यदल वनाएको हो । कार्यदलले पहिलो चरणमा सरोकारवालासँग भरतपुरमा छलफल गरिसकेको छ ।

भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुखलगायतसँग स्थलगत र महानगरमा बसेर छलफल गरिएको छ ।

कार्यदलका संयोजक श्रेष्ठले स्थलगत अध्ययन गर्दा पहिलो चरणमा तटबन्धनबाट नदी किनारलाई सुरक्षित गर्नुपर्ने देखिएको बताउनुभयो । त्यसका लागि तटबन्धनको काम गर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग छलफल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ ।” कार्यदलले कामलाई तीव्र रुपमा अघि बढाउने उहाँले बताउनुभयो ।

नारायणी नदीको चितवन र नवलपरासीतर्फको दुवैतर्फ तटबन्धन गर्न बाँकी रहेका क्षेत्रमा सँगै तटबन्धन गरी नदी किनारलाई सौन्दर्यकरण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । अध्ययनको काम तत्काल सम्पन्न गरी काम अघि बढाउने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयसमेत रहनुभएका प्रधानले दुबै मन्त्रालय संग समन्वय गरी काम अघि वढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणी नदीका कारण हुने कटान रोक्नका लागि आवश्यक काम तत्काल गर्न सभापतिको निर्देशन भएकाले सोहीअनुसार काम अघि बढ्नेछ ।”

नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो । समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब रु छ अर्ब आवश्यक रहेको कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले बताउनुभयो ।

नदी तटीय क्षेत्रमा सौन्दर्यकरण गर्नु अघि तटबन्धन गर्नुपर्ने देखिएका आवश्यक अध्ययन र काम अघि बढाउने विषयमा छलफल थालिएको बताउनुभयो । बजार क्षेत्रसँगै दुवै जिल्लामा तटबन्धन नगरिएका ठाउँमा तटबन्धन आवश्यक देखिएको उहाँले बताउनुभयो ।

  • चितवन
  • नवलपरासी
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

  • Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

  • Post Thumbnail

    याङवरक पोखरी पर्यटकको आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रम्बास लोपोन्मुख हुँदै

    Post Thumbnail

    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    Post Thumbnail

    उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution