Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
उदयुर

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयुपरले जनाएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

उदयुर, २९ असोजः जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयुपरले जनाएको छ ।

जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार गत आव जिल्लामा सबैभन्दा धेरै सुँगुर–बङ्गुरको मासु उत्पादन भएको छ । उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो ।

त्यसैगरी, खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो । भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ ।

गत आव २०८२÷८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ । यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो ।

भेटेनरी अस्पतालका प्रमुख लिम्बूका अनुसार उदयपुरमा अघिल्लो आवमा वार्षिक तीन प्रतिशतको दरले मासु उत्पादन दर बढेको छ । आव २०८१÷८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको थियो ।

तथ्याङ्कअनुसार आव २०८०÷८१ को तुलनामा २०८१÷८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो । तर, त्यसपछिको आवमा उत्पादन उल्लेख्य बढेको छ । पछिल्लो एक वर्षमा मासु उत्पादन करिब २.९२ प्रतिशतले वृद्धि भएको हो ।

केन्द्रका प्रमुख लिम्बूले जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको बताउनुभयो । “हाम्रो तथ्याङ्कअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ । बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उदयपुरमा आवश्यकपर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ । सुनसरीको बराह क्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा आउने गरेको उहाँले बताउनुभयो ।

दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बङ्गुर जिल्ला बाहिर बढी बिक्री हुने गरेको छ । चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुने गरेको उहाँको भनाइ छ ।

  • उदयपुर
  • उदयुर
  • सप्तरी
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

  • Post Thumbnail

    दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

  • Post Thumbnail

    औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

  • Post Thumbnail

    सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    Post Thumbnail

    उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

    Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution