Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

रम्बास लोपोन्मुख हुँदै

भिरालो जमिनमा पाइने रम्बास लोपोन्मुख हुँदै गएको छ । खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न थालेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (५६ मिनेट अघि)
Post Thumbnail

डडेल्धुरा, २९ असोज : भिरालो जमिनमा पाइने रम्बास लोपोन्मुख हुँदै गएको छ । खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न थालेको छ ।

डोटेली भाषामा रम्बास भनिने यस वनस्पतिको वैज्ञानिक नाम अगाभे अमेरिकाना हो । यसको काँडेदार पातले खेतबारीलाई गाईबस्तु तथा वन्यजन्तुबाट जोगाउन जीवित बारको काम गर्ने गरेको नवदुर्गा गाउँपालिका–४ की शान्ति विष्टले बताउनुभयो। रम्बासको पातबाट निकालिने बलियो रेसाबाट पशु बाँध्ने डोरी, घाँस, दाउरा, सोतर र स्याउला बोक्ने नाम्लो तथा जाल बनाउने गरिन्थ्यो । अहिले रम्बासका बोट घट्दै जानुका साथै त्यसबाट दैनिक उपभोग्य सामग्री बनाउने सीपसमेत हराउँदै गएको उहाँको भनाइ छ ।

पहिले अधिकांश ग्रामीण परिवार पशुपालनमा निर्भर हुने भएकाले गाई, भैँसी, बाख्रा र भेडा बाँध्न रम्बासबाट बनेका डोरी प्रयोग गर्ने चलन थियो । खेतबारीका डिलमा रम्बास रोपेर बार लगाउने र त्यसको रेसाबाट घरायसी प्रयोजनका सामग्री बनाउने गरिन्थ्यो । आलिताल गाउँपालिका–३ का सुरेश भट्टका अनुसार खोला किनारका बासिन्दाले रम्बासबाट बनाइएका जाल माछा मार्नसमेत प्रयोग गर्ने गरेका थिए । अहिले यी सबै समान बजारबाट प्लास्टिका प्रयोग भइरहेका उहाँले बताउनुभयो ।

रम्बासबाट डोरी बनाउन यसको पात काटेर काँडा हटाइन्थ्यो । त्यसपछि पातभित्रको हरियो गुदी हटाएर सेता र बलिया रेसा निकालिन्थ्यो । ती रेसालाई पानीले सफा गरी घाममा सुकाएपछि हातले बटारेर डोरी बनाउने गरिन्थ्यो । त्यही डोरीबाट घाँस तथा दाउरा बोक्ने जाल, पशु बाँध्ने डोरीलगायत सामग्री तयार पारिन्थ्यो ।

अमरगढी नगरपालिका–७ का ८६ वर्षीय ज्येष्ठ नागरिक दानसिंह बोहराका अनुसार रम्बासबाट सामग्री बनाउने काम गाउँघरकै आँगनमा हुने गथ्र्यो। घरका ज्येष्ठ सदस्यले बालबालिकालाई रेसा निकाल्ने, डोरी बाट्ने र जाल बुन्ने सीप सिकाउने चलन थियो । यसरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप ग्रामीण समुदायको परम्परागत ज्ञान र आत्मनिर्भरतासँग जोडिएको उहाँले बताउनुभयो । अहिले नत रम्बास पाइन्छ नत कोही सिक्न नै चाहान्छ यस्तै धेरै कुरा हराउँदै जानथालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

आधुनिक सामग्रीको प्रयोग बढ्दै जानु, पशुपालनमा आएको परिवर्तन र परम्परागत सीप हस्तान्तरणमा कमी आउनुले रम्बासको प्रयोग घट्दै गएको स्थानीयको भनाइ छ । रम्बासबाट सामग्री बनाउने पुरानो सीप संरक्षण गर्न नसकिए ग्रामीण जीवनसँग जोडिएको महत्वपूर्ण परम्परागत ज्ञानसमेत हराएर जाने चिन्ता बढेको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार कम पानी, सुक्खा तथा ढुङ्गे जमिनमासमेत सहजै हुर्कने रम्बास कुनै समय ग्रामीण जीवनको अभिन्न हिस्सा थियो । डडेल्धुरासहित डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलाका गाउँमा रम्बासले परम्परागत कृषि प्रणाली र आत्मनिर्भर जीवनशैलीलाई सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभयो ।

  • अछाम
  • डडेल्धुरा
  • डोटी
  • दार्चुला
  • बझाङ
  • बैतडी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

    कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

  • फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

    फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

  • दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

    दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

  • Post Thumbnail

    लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रम्बास लोपोन्मुख हुँदै

    Post Thumbnail

    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    Post Thumbnail

    उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution