Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाँचथर

याङवरक पोखरी पर्यटकको आकर्षण

जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

पाँचथर, २९ असोजः जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा रु छ करोड ४४ लाख २४ हजारको लागतमा पर्यटकीय पूर्वाधार निर्माण भएका हुन । विगतमा रुखविरुवा, बोझो, जलकुम्भी झार, फोहरमैलाले ढाकेको प्राकृतिक पोखरी पानीको फोहरा, सेल्फी खिच्ने ठाउँ, व्यवस्थित रेलिङसहितको पर्यटकीयस्थल बनेको हो । सात मिटर गहिराइ, ५० मिटर लम्बाइ र ५० मिटर चौडाइको यो पोखरी यसएम जोशी आशु जेभी काठमाडौँले निर्माण गरेको हो ।

पोखरीको संरक्षणसँगै परम्परागत पानीका धारा निर्माण, बालउद्यान, विश्राम स्थल, विभिन्न धार्मिक मूर्तिहरु, सेल्फी खिच्ने ठाउँ, फूलबारी, प्रवेशद्वार, याङवरक स्तम्भ, पानीको फोहरालगायत पर्यटकीय पूर्वाधार निर्माण भएको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले जानकारी दिनुभयो । दुई वर्षअघि नै पोखरीका मुख्य संरचना निर्माण भइसके पनि घेराबारा, रङरोकन लगायतको काम सम्पन्न हुन बाँकी रहेको थियो ।

यी सम्पूर्ण काम सम्पन्न गरेर याङवरक गाउँपालिकाले उक्त पोखरीको औपचारिक उदघाटन गरेको छ । शिलालेख अनावरण तथा पानीको फोहरा खोलेर गाउँपालिका अध्यक्ष योङ्या र निवर्तमान अध्यक्ष लेखनाथ घिमिरेले पोखरीको उद्घाटन गर्नुभयो ।

याङवरक गाउँपालिकाले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी, तिम्बु पोखरी, मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङलगायत क्षेत्र पुग्ने पर्यटकलाई आकर्षित गर्ने योजनास्वरुप पोखरीमा संरचना निर्माण गरेको हो । तर यो पोखरी विशेषतः आन्तरिक पर्यटकको आकर्षणको स्थल बनेको छ । अहिले दैनिक सयौँको सङ्ख्या पर्यटक पुग्ने गरेको यस स्थानलाई आम्दानीको स्रोत बनाउने विषयमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको गाउँपालिका अध्यक्ष योङयाले बताउनुभयो ।

याङवरक पोखरी लिम्बू समुदायको सांस्कृतिक एवं धार्मिक आस्थाको स्थल हो । ‘याङ’को अर्थ पैसा र ‘वरक’को अर्थ पोखरी हो । पोखरीमा टल्कने सिक्काहरु भेटिएपछि यसलाई याङवरक भन्न थालिएको हो । भगवान् (तागेरा निङ्वाभुमाङ)ले स्नान गरेको विश्वास गरिने यो पोखरीलाई बाह्रौँ शताब्दीपूर्व हाङ वरक (राजाले नुहाउने पोखरी) र माङ वरक (भगवान् भेटिने पोखरी)समेत भन्ने गरिएको जनविश्वास रहेको यस क्षेत्रका जानकार महेन्द्र सेलिङले जानकारी दिनुभयो ।

याङवरक पोखरी क्षेत्रको अर्को महत्वपूर्ण विशेषता यहाँ रहेको निशान कालिका धाम हो । विशाल रुखको फेदमा रहेको मन्दिरमा पोखरीको उत्पत्तिसँगै पुर्जा अर्चना हुँदै आएको यहाँका सेवासाँवा (पुजारी) एवं याङवरक–४ का निवर्तमान वडाध्यक्ष शहरनन्द योङहाङले जानकारी दिनुभयो ।

निशान कालिका धामको संरक्षण तथा घेराबाराको कार्य यसअघि नै सम्पन्न भइसकेको छ । उक्त कार्य याङवरक गाउँपालिका तथा स्थानीयवासी अस्मिन इधिङ्गोको परिवारको लगानीमा सम्पन्न भएको थियो । यस्तै सवारी पार्किङ, शौचालय, मार हान्ने स्थानलगायत संरचनासमेत निर्माण भइसकेका छन ।

निशान कालिका धाममा हरेक वर्ष बडादसैँको महानवमीका दिन निशान प्रदर्शन गर्ने गरिन्छ । यहाँ श्रीकम्फु र श्रीजङ्गी निशान प्रदर्शन गर्ने, पूजा अर्चना गर्ने परम्परा रहेको छ । नेपाल एकीकरणका क्रममा गोरखाली फौज र तत्कालीन १० लिम्बूवानअन्तर्गतको याङवरक थुमका सेनावीच भएको युद्धमा हारजित नभएपछि सम्झौता भएको थियो ।

यस क्रममा गोरखाली फौजले उपहारस्वरुप दिएका दुई वटा निशान, युद्धमा प्रयोग भएका खुडा, खुकुरी र हतियार प्रदर्शन गर्ने प्रचलन रहेको यस क्षेत्रका जानकार महेन्द्र सेलिङको भनाइ छ । यस स्थानमा तत्कालीन लिम्बूवानअन्तर्गतका ५२ थरी लिम्बूहरुले सामूहिक रुपमा सामुदायिक नीतिनिर्माण गर्ने भएकाले यस स्थानलाई ५२ मौलोसमेत भन्ने गरिन्छ । कालिका धामस्थलमै दुवै निशान सुरक्षित रुपमा राख्ने संरचनासमेत निर्माण गरिएको छ ।

  • काठमाडौँ
  • गोरखा
  • ताप्लेजुङ
  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

  • प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

    प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

  • डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

    Post Thumbnail

    भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    Post Thumbnail

    याङवरक पोखरी पर्यटकको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution