Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक पहल थालिएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २० असोजः तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक पहल थालिएको छ । धार्मिक आस्थासँग जोडिएको यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमार्फत आन्तरिक पर्यटक तथा भक्तजनलाई आकर्षित गर्ने योजना अघि सारिएको हो ।

शिवालय क्षेत्रमा निर्माणाधीन दुग्देश्वर महादेव मन्दिरको निर्माण कार्य पुनः सुरु भएको छ । मन्दिरको जग, पिल्लरलगायतका आधारभूत संरचना निर्माण भए पनि अरु काम बाँकी थियो । शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीले धार्मिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित विकास गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको बताउनुभयो । “शिवालय क्षेत्रलाई आवश्यक पूर्वाधारसहित व्यवस्थित धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो ।

दुग्देश्वर महादेवको मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ । त्यसका लागि रु एक करोड ३७ लाख लागत अनुमान गरिएको छ । हालसम्म रु ५० लाख सङ्कलन भइसकेको समितिले जनाएको छ । सङ्कलित रकमबाट मन्दिरको जग, पिल्लरलगायतका प्रारम्भिक संरचना निर्माण गरिएको हो ।

बाँकी कामका लागि ठूलो रकम आवश्यकपर्ने भएकाले समितिले सरकारी बजेटको मात्र भर नपरी स्थानीयवासी, भक्तजन, शुभेच्छुक तथा देशविदेशमा रहेका सहयोगदाताबाट रकम सङ्कलन अभियान सुरु गरेको छ ।

समितिले टोलटोलमा पुगेर सहयोग सङ्कलन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि स्थानीयवासी तथा भक्तजनबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ ।

धार्मिक पर्यटकलाई लक्षित गरी पूजा दर्शन, धार्मिक कार्यक्रम तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको समितिले जनाएको छ । यसबाट स्थानीयस्तरमा व्यापार, होटल तथा अन्य सेवा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

शिवालय क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार पहिचान गरी दीर्घकालीन योजना बनाउन विस्तृत परियोजना प्रतिवेदनको तयारी थालिएको छ । उक्त प्रतिवेदनमा पहुँचमार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, क्षेत्रको सौन्दर्यीकरण तथा भक्तजन र पर्यटकका लागि आवश्यक सेवा–सुविधालाई समेटिनेछ ।

यस्तै, शिवालय क्षेत्रसम्म पुग्ने सडक तथा पहुँचमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने समितिको धारणा छ । यस क्षेत्रको प्राकृतिक तथा धार्मिक वातावरण संरक्षण गर्दै आवश्यक संरचना निर्माण गर्ने समितिको योजना छ । समितिले दुग्देश्वर महादेव मन्दिरलाई केन्द्रमा राखेर शुक्ला हिलेटार शिवालय क्षेत्रको समग्र विकास गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

  • सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

  • Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    Post Thumbnail

    शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution