Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (४६ मिनेट अघि)
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

भोजपुर, २० असोजः सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् ।

सुन्तला पहेँलो हुने र आफैँ भुइँमा खस्ने रोग फैलिएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानले बताउनुभयो । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उहाँको भनाइ छ ।

प्रधानका अनुसार बगानमा अहिले फल झर्नेबाहेक हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुँदै जाने समस्या देखिएका छन् ।

“पछिल्लो समय अनौठो रोग देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यो वर्ष त झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका हामी सबै किसानलाई ठूलो समस्यामा पारेको छ ।” उहाँले करिब ४२ रोपनीमा सुन्तलाखेती विस्तार गरेको सुनाउनुभयो ।

टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या निरन्तर दोहोरिरहेको बताउनुभयो । करिब १५ रोपनीमा सुन्तलाखेती गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएका राईले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिनुभयो ।

भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताउनुभयो । समयमै यसको रोकथाम र नियन्त्रण हुन नसके पूरै बगान नै सखाप हुने स्थिति आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सुन्तला बगानमा यस्तो रोगको प्रकोप देखिएकाले कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीय किसानको माग छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

  • Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution