Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ दिन अघि)
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

महोत्तरी, २० असोजः चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।

दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।

“अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्नुहुन्छ, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पु¥याउने काममात्र रहन्छ ।” यादव जस्तै उहाँका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा हुनुहुन्छ ।

मधेसमा ओल धनीमानीले खाने तरकारीका रुपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ ।

जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।

“व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पु¥याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्नुहुन्छ, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कठ्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ ।

मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरु तरकारीभन्दा निकै महगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।

बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रुपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ ।

किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उहाँको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उहाँले बताउनुभयो ।

थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ ।

अन्य बालीभन्दा घामपानी खप्नसक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउनुहुन्छ ।

दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेकोे कृषि कार्यालयका फलपूmल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution