Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (५९ मिनेट अघि)
Post Thumbnail

खोटाङ, २० असोजः दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रमा यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने÷गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुको बढी भीडभाड हुने ठाउँमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरे÷नगरेको जाँच गर्नेछ ।

सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वका समयमा जिल्लामा भए÷गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने छन् ।

खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने÷गराउने विश्वास दिलाएको छ । भेलामा नेपाल पत्रकार महासङ्घ खोटाङ एवं जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल व्यवसायी सङ्घ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवं उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने छन् । जिल्लामा सञ्चालित होटल सञ्चालकले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटल व्यवसायी सङ्घ प्रतिबद्ध भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी सङ्घले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहारका लागि प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने÷नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा आयोजित भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटल व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सर्वपक्षीय भेलाले चाडपर्वका अवसरमा शान्तिसुरक्षा कायम गर्न जिल्लास्थित १० वटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    Post Thumbnail

    गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution