
कर्णाली, १९ असोजः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्यन्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो ।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त मुख्यन्यायधिवक्ता जोशी दैलेखको नारायण नगरपालिका-१ निवासी हुनुहुन्छ । नेपाल ल क्याम्पसबाट कानुनमा विसं २०५४ मा बिएल (स्नातक) र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा विसंं २०५९ मा एमए (स्नातकोत्तर) उत्तीर्ण गर्नुभएका जोशीले २५ वर्षदेखि अनवरत कानुन व्यवसायीका रूपमा काम गर्दै आएको बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |