Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

प्रत्यूष १२०५ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २५, बुधबार (१ साल अघि)
करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

काठमाडौँ, २५ असारः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को व्यवस्थाका आधारमा कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै हाल युरिया मलको खरिद मूल्य प्रतिकिलो ८२ रुपैयाँ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु १४ रुपैयाँ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डिएपीको खरिद मूल्य प्रतिकिलो रु १२१ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ४३ र पोटासको खरिद मूल्य प्रतिकिलो रु ६४ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ३१ रहेको छ, यसरी वर्तमानमा युरिया, डिएपी र पोटास मलमा प्रतिकिलो अनुदान क्रमशः ५८, ७८ र ३३ रुपैयाँ रहेको छ । यसबमोजिम औसतमा मलमा करिब ६६ प्रतिशत अनुदान रहेको अवस्था छ ।”

मन्त्री अधिकारीले अनुदानमा उपलब्ध गराइने मलबाहेक पनि अनुदान नभएका अन्य मलखाद पनि कृषकले खुला बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका कतिपय कृषकले अनौपचारिक रुपमा सानो परिमाणमा सीमापारी भारतीय बजारबाट मल ल्याई प्रयोग गर्ने गरेको जानकारी गराउनुभयो । कतिपय अवस्थामा सिफारिसअनुसार पूरैमात्रामा अनुदानको मल उपलब्ध नभए पनि खुला बजार र अन्य माध्यमबाट किनेर पनि कृषकले मल प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

“उपलब्ध बजेटको सीमाभित्र रही अन्तरराष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन मन्त्रालय क्रियाशील रहेको छ, चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेट रु २७ अर्ब ३६ करोडबाट हालसम्म तीन लाख ८१ हजार टन मल आयात गरिसकिएको र चार लाख २४ हजार टन बिक्री गरिसकिएको छ”, उहाँले भन्नुभएको छ ।

त्यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह आइसकेको वा आउने क्रममा रहेको र धान हाम्रो मुख्य खाद्यान्नबाली रहेको र धानबालीमा मलको माग र खपत सबैभन्दा बढी भएकाले जारी धान रोपाइँ सिजनका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले आवश्यक व्यवस्था गरेको मन्त्री अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस क्रममा नेपाल भित्रिने क्रममा रहेको मलबाहेक हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको देशभर रहेका डिपोमा करिब ९५ हजार टन मल मौज्दात रहेको छ भने देशभरका करिब ११ हजार मल बिक्रेता सहकारी संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा उल्लेखित डिपोबाट दैनिक करिब २० हजार क्विन्टल (४० हजार बोरा) मल सहकारीले बुझी लगिरहेका छन् ।”

खेती गरिएको बाली र मलको सिफारिस मात्राका आधारमा वार्षिक मलको आवश्यकता करिब १३ मेट्रिकटन रहे तापनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिब सातदेखि आठ लाख टन रहेको पाइएको मन्त्री अधिकारीले संसद्लाई जानकारी गराउनुभयो । पछिल्ला वर्षमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च दरमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उहाँले पछिल्ला केही वर्षयता वार्षिक करिब चार लाख ५० हजारदेखि पाँच लाख मेट्रिकटन अनुदानमा उपलब्ध गराउने गरिएको पनि बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

  • Post Thumbnail

    वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • Post Thumbnail

    धमाधम फेला पर्दै अवैध हतियार

  • Post Thumbnail

    प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    Post Thumbnail

    थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution