Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ ।
रासस १७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, २८ असोजः पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको थियो ।

अन्नपूर्ण गाउँपालिका–२, ३, ४ र ५ तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेसनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताउनुभयो ।

“दाना सबस्टेसनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोक देखि दाना हुँदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारण लाइनको मर्मत सकेर विद्युत् आपूर्ति गरेका छौँ,” उहाँले भन्नुभयो, “प्राधिकरणका कर्मचारी, प्राविधिक र मजदुर परिचालन गरेर विद्युत् आपूर्ति गराउन सफल भएका छौँ ।”

मुस्ताङमा यही असोज २४ गतेदेखि विद्युत् आपुर्ति गरिएको र म्याग्दीमा एक÷दुई घरबाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागार्इंले बताउनुभयो । विद्युत् आपूर्ति भएसँगै अवरुद्ध सञ्चार सेवा सञ्चालन भएको छ ।

सर्वसाधारणको दैनिक जीवनयापन सहज हुन थालेको छ । बाढीका कारण मिलनचोक–दाना ३३ केभी प्रसारण लाइनको १० वटा पोल, ५०० मिटर तार, दाना–कोवाङ खण्डमा पाँच वटा पोल र २०० मिटर तारका साथै विभिन्न उपकरण नष्ट भएका थिए ।

तातोपानी वितरण केन्द्रअन्तर्गत ११ केभी वितरण लाइनमा म्याग्दी र मुस्ताङमा एक–एक वटा पोल, मुस्ताङमा एक हजार मिटर तार र उपकरण क्षति भएका छन् । थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी लाइनमा जोडिएको वितरण केन्द्रका प्रमुख चापागाईंले बताउनुभयो ।

म्याग्दीका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना भने बन्द भएका छन् ।

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • Post Thumbnail

    धमाधम फेला पर्दै अवैध हतियार

  • Post Thumbnail

    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

  • Post Thumbnail

    विपद्का घटनामा मानवीय र भौतिक क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    Post Thumbnail

    थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

    Post Thumbnail

    वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution