Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सिरहा

खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोप्नुभयो तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ घण्टा अघि)
खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

सिरहा, २८ असोजः सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोप्नुभयो तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ ।

खेतनजिकै करोडौँ खर्चेर खुट्टीखोला सिँचाइ आयोजनाको संरचना बनेको छ, तर त्यसको हेडवक्र्सबाट पानी खेतसम्म पुग्न सकेको छैन । सिँचाइको सुविधा दिने उद्देश्यले निर्माण गरिएको आयोजना उपयोगविहीन हुँदा साहजस्ता किसान अझै आकाशबाट पानी झर्ने प्रतीक्षामा खेती गर्न बाध्य छन् ।

“करोडौँको लगानीमा हेडवक्र्स बन्यो, लाखौँ खर्चेर नहर पनि सफा गरियो तर वर्षायाममा हेडवक्र्सको गेट खोलेर परीक्षण गर्दा खोलाको पानी नहरमा राम्रोसँग बगेन । बरु नहरमा जमेको पानी खोलातिरै फर्किने अवस्था देखियो”, साहले भन्नुभयो, “नहर भएर पनि बाली सुक्ने चिन्ता हटेको छैन ।”

किसानको खेतमा पानी पु¥याउने उद्देश्यले निर्माण गरिएको हेडवक्र्स सम्पन्न भएको करिब पाँच वर्ष पुग्न लाग्दा पनि आयोजना सञ्चालनमा आउन सकेको छैन ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मल्टिटेक निर्माण कम्पनीसँग २०७७ साल मङ्सिर १७ गते रु आठ करोड ५६ लाख ७२ हजार ४४२ मा हेडवक्र्स निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई रु आठ करोड ६८ लाख ९३ हजार ९६२ भुक्तानी भएको छ । तत्कालीन लहान नगरप्रमुख मुनि साहले २०७८ कात्तिक २२ गते यसको शिलान्यास गर्नुभएको थियो ।

वर्षायाममा उपलब्ध पानीलाई हेडवक्र्समा जम्मा गरी मुख्य नहरमार्फत कृषि क्षेत्रमा सिँचाइ पु¥याउने आयोजनाको परिकल्पना थियो । मड्यान, गडमे, बानो र सर्रे खोलाको जलाधार क्षेत्रबाट पानी उपलब्ध हुने अपेक्षा गरिएको थियो तर संरचना निर्माण भए पनि पानी किसानको खेतसम्म पुग्न सकेको छैन ।

डिजाइनमै प्रश्न, सञ्चालनको सुनिश्चितता खोइ ?

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन, २०८१ मा खुट्टीखोला सिँचाइ आयोजनाको हेडवक्र्सको निर्माण र सञ्चालन सुनिश्चिततामाथि प्रश्न उठाएको छ । प्रतिवेदनले हेडवक्र्सको डिजाइन तथा निर्माणमा प्राविधिक समस्या औँल्याउँदै संरचनाबाट पानी सङ्कलन गरी नहरमा वितरण गर्न सकिने अवस्थाबारे स्पष्टता खोजेको छ ।

प्रतिवेदनमा भनिएको छ, “योजनाको स्थलगत निरीक्षण गर्दा खोलामा पानी बग्ने सतहभन्दा हेडवक्र्स उच्च स्थानमा निर्माण भएको छ । यसबाट डिजाइन सुधार तथा थप निर्माण नगरी हेडवक्र्समा पानी जम्मा गरी वितरण हुन सक्ने देखिएन ।”

यो प्रश्न आयोजनाको आधारभूत प्राविधिक पक्षसँग सम्बन्धित छ । वास्तविक कारण पहिचान गर्न स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), निर्माण सम्पन्न संरचनाको उचाइ, खोलाको पानीको सतह र नहरको लेभलबीच तुलनात्मक प्राविधिक परीक्षण आवश्यक देखिन्छ ।

पूर्वनगरप्रमुख मुनि साह भने हेडवक्र्सबाट पानी नजाने भन्ने निष्कर्षसँग सहमत हुनुहुन्न । उहाँले निर्माणअघि नै बालुवाका बोरा राखेर पानीको बहाव परीक्षण गरिएको र त्यसपछि डिपिआर तयार गरिएको दाबी गर्नुभयो । “नहरमा पानी गइसकेपछि मात्र सोहीअनुरूप डिपिआर बनाइएको हो । निर्माणअघि प्राविधिक परीक्षण गरिएकाले पानी नजाने कुनै कारण नै छैन,” उहाँले भन्नुभयो ।

नहरमा ढल, फोहोर र अतिक्रमण

सिँचाइ कार्यालय सिरहाले गरेको पछिल्लो स्थलगत निरीक्षणले खुट्टीखोला सिँचाइ आयोजनाको समस्या हेडवक्र्समा मात्र सीमित नरहेको देखाएको छ । कार्यालयको प्रतिवेदनअनुसार मुख्य नहरमा सहरी ढल तथा फोहोर मिसिने, माटो र गेग्रान थुप्रिने, दुवैतर्फ सडक निर्माण हुने तथा अतिक्रमणका कारण नहरको चौडाइ घट्ने समस्या छन् ।

कार्यालय प्रमुख सुमनकुमार झाले नहरमा रहेका अवरोध हटाएर आवश्यक मर्मतसम्भार तथा स्तरोन्नति र ढल व्यवस्थापन गर्न सके पानी सहज रूपमा सञ्चालन गर्न सकिने बताउनुभयो । “नहरमा रहेका अवरोध हटाउने, आवश्यक मर्मतसम्भार तथा स्तरोन्नति गर्ने र ढल व्यवस्थापनको काम गर्न सके नहरमा पानी सहज रूपमा सञ्चालन गर्न सकिन्छ”, झाले भन्नुभयो, “आयोजनाको समस्या समाधानका लागि आवश्यक सुधार तथा स्तरोन्नतिसहितको विस्तृत प्रतिवेदन मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पेस गरेका छौँ ।”

झाका अनुसार हेड रेगुलेटरबाट करिब ४०० मिटरको दूरीमा रहेको मन्दिर र त्यहाँको पानी बाँड्ने संरचनाले मुख्य तथा शाखा नहरमा पानीको समुचित प्रवाहमा बाधा पु¥याएको छ । मुख्य नहर चार हजार ९०० मिटर र शाखा नहर एक हजार ७१० मिटर लामो छ ।

हेडवक्र्स निर्माण सम्पन्न भएको करिब चार वर्षपछि गत आर्थिक वर्ष २०८२÷८३ मा मधेस प्रदेश सरकारले नहर सफाइका लागि रु १५ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु सात लाख ९० हजार २४५ मा शिवम् कन्स्ट्रक्सनलाई सफाइको जिम्मा दिइएको कार्यालयले जनाएको छ तर सफाइपछि पनि अपेक्षाअनुसार नहरमा पानी सञ्चालन हुन सकेन ।

स्थानीय देवराज पोखरेलले नहर गहिरो बनाएर सफाइ गर्दा छेउको बाटो धसिन थालेको, बोटबिरुवामा क्षति पुगेको र विद्युत्का पोल पनि जोखिममा परेको बताउनुभयो । “हेडवक्र्स निर्माण सुरु गर्दादेखि नै प्राविधिक पक्षमा ध्यान दिन आग्रह गरेका थियौँ । तर सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “करोडौँ खर्च भएको आयोजनाको प्राविधिक र आर्थिक पक्षको छानबिन हुनुपर्छ ।”

कार्यालयका इन्जिनियर सञ्जीवकुमार यादवका अनुसार नहरका केही स्थानमा ९० सेन्टिमिटरसम्म माटो जमेको छ । “माटो हटाएपछि दक्षिणी नहरमा पानी जाने अवस्था देखिन्छ । पश्चिमी नहरमा भने थप संरचनागत समस्या छन्,” उहाँले भन्नुभयो ।

प्राविधिक समस्या कि व्यवस्थापनको कमजोरी ?

आयोजनाको समस्या प्राविधिक पक्षसँगै सहरी ढल व्यवस्थापन र स्थानीय तहबीचको समन्वयसँग पनि जोडिएको छ । लहान नगरपालिकाका प्रमुख महेश चौधरीले बजारको फोहोर व्यवस्थापन र पश्चिमी नहरबाट किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले भूमिगत नाला प्रणालीको योजना अघि बढाइएको बताउनुभयो । करिब रु आठ करोडको उक्त योजना जस लिने र जस पाउने विषयमा भएको राजनीतिक विरोधका कारण अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

“विरोधका कारण काम हुन सकेन र किसानले सिँचाइ पाएनन्”, उहाँले भन्नुभयो, “हेडवक्र्स बनाउने कार्यालयले नै पूर्ण जिम्मेवारी लिएर किसानको खेतमा पानी पु¥याउनुपर्छ ।” यसअघि नहरलाई सिँचाइ प्रयोजनमै सञ्चालन गर्नुपर्ने माग गर्दै किसानले विरोध गरेका थिए । खुट्टीखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष धर्मराज चौधरीले सिँचाइका लागि पटक–पटक पहल र आन्दोलन गरे पनि ठोस प्रगति नभएको बताउनुभयो ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका सचिव रवीन्द्रकुमार श्रेष्ठले नहर सुधारका नाममा थप बजेट खर्च गर्नुअघि पानीको स्रोत, प्राविधिक डिजाइन र लक्षित क्षेत्रमा दिगो सिँचाइ सम्भव छ कि छैन भन्ने वैज्ञानिक अध्ययन गर्नुपर्ने बताउनुभयो ।

“पटक–पटक सुधार र बजेट विनियोजन भए पनि अपेक्षित परिणाम आएको छैन । अब थप लगानी गर्नुअघि नहरको वास्तविक सम्भाव्यता र करिब एक हजार बिघा जमिनमा दिगो सिँचाइ गर्न सकिने–नसकिनेबारे अध्ययन हुनुपर्छ,” उहाँले भन्नुभयो ।

सुधारका लागि १२ करोड ४३ लाख माग

सिँचाइ कार्यालय सिरहाले यही असोज ८ गते आयोजनाको वर्तमान अवस्था, समस्या, संरक्षण, सुधार तथा स्तरोन्नतिसम्बन्धी विस्तृत प्रतिवेदन मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पेस गरेको छ ।

कार्यालय प्रमुख झाका अनुसार नहरको मर्मतसम्भार, संरचना सुधार तथा स्तरोन्नतिका लागि बहुवर्षीय योजनाअन्तर्गत रु १२ करोड ४३ लाख दुई हजार बजेट व्यवस्थापन गर्न मन्त्रालयसँग आग्रह गरिएको छ ।

कार्यालयको प्रस्तावमा नहरभित्र र आसपासका अवरोध हटाउने, अतिक्रमण नियन्त्रण गर्ने, माटो तथा सेडिमेन्ट सफा गर्ने, आवश्यक स्थानमा नहरको पुनःआकार निर्धारण गर्ने र जीर्ण संरचना सुधार तथा पुनर्निर्माण गर्ने विषय समेटिएका छन् । सहरी ढल व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने कार्यालयको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर मो इनुस राईनका अनुसार आयोजनाको कुल कमाण्ड क्षेत्र ९६४ हेक्टर छ । त्यसमध्ये करिब ६०० हेक्टर खेतीयोग्य क्षेत्र रहेको छ । करिब सात हजार घरधुरीका ३५ हजार जनसङ्ख्या लाभान्वित हुने लक्ष्य राखिएको आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कृषि उत्पादनमा २०० प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य लिएको छ ।

स्थानीय समेत रहेका इन्जिनियर वीरेन्द्र महतोका अनुसार खुट्टीखोला सिँचाइ आयोजनाको दीर्घकालीन समाधानका लागि थप बजेट विनियोजन मात्र पर्याप्त हुँदैन । हेडवक्र्सको प्राविधिक परीक्षण, नहरको लेभल सुधार, ढल व्यवस्थापन र पानीको उपलब्धता यकिन गरी समस्याको प्राविधिक समाधान खोज्न आवश्यक छ । उहाँले भन्नुभयो, “आयोजनाको वास्तविक समस्या पहिचान गरी जिम्मेवारी स्पष्ट गर्नुपर्छ । थप बजेट खर्च गर्नुअघि हेडवक्र्सदेखि नहरको अन्तिम बिन्दुसम्म प्राविधिक अध्ययन गरेर खेतसम्म पानी पुग्ने सुनिश्चित कार्ययोजना बनाउनुपर्छ ।”

समस्या पहिचान र समाधानका लागि ठोस पहल नभए ठूलो बजेट खर्चेर निर्माण गरिएको खुट्टीखोला सिँचाइ आयोजना किसानका खेतमा पानी पु¥याउन नसक्ने संरचनामै सीमित रहने जोखिम कायमै रहेको महतोको भनाइ छ ।

  • सिरहा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

  • Post Thumbnail

    थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

  • रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

  • Post Thumbnail

    जुम्लामा २२९ मुद्दा फछ्र्योट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

    साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution