
धादिङ अस्पताल धादिङको ४७ औँ वार्षिक उत्सवको अवसरमा ३५ जनाले रक्तदान गरेका छन् । आईतबार धादिङ अस्पतालले आयोजना गरेको कार्यक्रममा २२ जना पुरुष र १३ जना महिला गरी ३५ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।
बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
पछिल्लो समय जिल्लामा भएको रगत अभावलाई न्युनिकरण गर्नको लागि विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरिदै आएको छ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |