Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बनका कर्मचारी आन्दोलित ! (सम्पादकीय)

प्रत्यूष ८९२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार (४ साल अघि)
बनका कर्मचारी आन्दोलित ! (सम्पादकीय)

धादिङ,१५ भाद्र ।
डिभिजन बन कार्यालय सुर्खेतको वन अपराधको अनुसन्धानको क्रममा बनका एक कर्मचारीको मृत्यू भएपछिको तनाव अहिले देशभरका डिभिजन बन कार्यालयमा परेको छ ।

भाद्र २ गते डिभिजन बन कार्यालय सुर्खेतले बन अपराधको अनुसन्धानका लागि थुनुवा कक्षमा रहेका ५८ वर्षिय धनीराम लामिछोको मृत्यू भएपछि बन कार्यालयका ४ कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको थियो ।

थुनुवा कक्षमा मृत्यू भएको घटनाको सत्य तथ्य नआउँदै बनका कर्मचारी आन्दोलित हुँदै आफ्नै कार्यालयमा तालाबन्दी गर्नु कति जायज/नाजायज हो केही समयपछ थाह होला तर, अहिले देशभरका बन कर्मचारीहरु आन्दोलनमा उत्रदै सिहदबार घेराउसम्मको योजना बनाएको बताइएको छ ।

यो घटनाले बन अपराध अनुसन्धान गर्ने क्रममा केही कमजोरी रहेको अनुमान भने गर्न सकिन्छ किनभने कति धेरै मानिसहरुले जघन्य अपराधमा संलग्न भएको प्रमाणीत हुँदा पनि सजाएँ भोगिरहेका छन् र तोकिएको सजाएँ पछि पुन घर फर्कने र त्यही समाजमा घुलमेल हुने या आचरण सुधार्ने जस्ता कामहरु पनि गरेको पाइन्छ त्यसको लागि अनुसन्धान स्थलको त्यो किसिमको् वातावरण बनाउनुपर्छ ।

घटनाले जस्तो रुप लिन सक्ने अवस्थालाई अनुसन्धानमा संलग्न भएकाहरुले गम्भीर रुपमा बुझ्नुपर्ने थियो त्यस्तो खालको वातवरण बन्न नसक्नु लगायतका अन्य अदृष्य कारणहरु आउन सक्छन् त्यो तपशीलको कुरा हो ।

हुनतः बन अपराधको आरोपमा अनुसन्धानमा परेपछि लामिछानेले आत्महत्या गरेको बताउँदै कर्मचारीहरुले पक्राउ परेकाहरुको विना शर्त हिराइ हुननपर्ने माग गरिरहेको छन् विना शर्त रिहाईको माग हुँदैमा विधि विधान र प्रक्रिया छोडेर रिहाई गर्ने कुरा पनी त भएन तर, घटनाको सत्य तथ्य पत्ता लगाउने र वास्तविकता सार्वजनिक गर्ने र आगामी कारबाहीको प्रकृतिको बारेमा भने सरोकारवाला पक्षले ध्यान दिनुपर्छ अन्यथा यो किसिमको समस्या आगामी दिनमा पनि दोहोरिन सक्छ यसले कानूनको पालना गर्ने गराउने दुवै पक्षलाई एक खालको दवावमा राख्न भूमीका खेल्छ।

केही समयदेखी विरेन्द्रनगर नगरपालिका १३ को झुप्रेखोलामा भएको अबैध काठ कटानीमा के उनीमात्रै संलग्न थिए त ? कि अन्य बनका कर्मचारीहरु पनि संलग्न थिए ? आत्महत्या गर्ने सम्मकै अवस्था कसरी बन्यो ? त्यतातर्फ चै आन्दोलित कर्मचारीहरुले ध्यान दिनु पर्दैन ? बन कार्यालयमै तालाबन्दीको अबस्थापनि सेवाग्राहीहरुको अवस्था के हुन सक्छ ? के आन्दोलनरत पक्षले भनेको जस्तो नभए सेवाग्राहीहरुले सेवा लिनबाट कहिलेसम्म बञ्चित हुने भन्ने खालको प्रश्नहरु पनि उठिरहेको छ यि खालका समस्याको समाधानमा समयमै सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।

जे जस्ता खालको घटनाहरु घट्छन् छानविनको समय नदिने र आन्दोलनमा उत्रिहल्ने एक खालको समस्या जो देखिरहिएको छ यसको समेत दिर्घकालीन रुपमा समाधान तर्फ लाग्न सकेमात्रै आम नागरिकबाट न्याय, शुसासनको पक्षमा काम भैरहेको अनुभुत गर्न पाउनेछन् यसर्थ आन्दोलनरत पक्षले पनि अनुसन्धानै नहुने विनाशर्त रिहाई भन्ने जस्ता मागहरु रोकेर कनूनको अधिनमा रही अनुसन्धान र्ग दवाद दिनसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution