
झापा, ८ मङ्सिरः मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ ।
हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ ।
किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पु¥याउन सक्ने चिन्ता बढेको उहाँले बताउनुभयो । पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिँदै आएको थियो ।
“सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पु¥याएको छ ।”
हात्तीको बथान भित्रिन सक्ने जोखिम देखिएपछि केही दिन पहिल्यै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका मुख्य नाकाको अनुगमन गरी किसानलाई छिटो धान भित्र्याउन अपिल गर्नुभएको थियो ।
प्रजिअ पोखरेलको अनुगमनलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली किसानलाई धान काट्न सघाउने अभियानमा जुटेको थियो । उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्वयम्सेवक युवाको समूह सक्रिय भएको थियो ।
भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको सङ्ख्यासम्म जङ्गली हात्तीको बथान सीमावर्ती मेची नदी तरेर बाहुनडाँगी आउने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा भारतीय जङ¬्गलबाट दिनहुँ आउने हात्तीको बथानले यस क्षेत्रमा जनधनको क्षति पु¥याउँदै आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |