Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बलात्कार आरोपिलाई कारबाही होस् (सम्पादकीय)

प्रत्यूष १०५१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार (४ साल अघि)
बलात्कार आरोपिलाई कारबाही होस् (सम्पादकीय)

धादिङ,०९ साउन।
सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता सहित अर्का एक युवक पक्राउ परेका छन् । नुवाँकोट काँग्रस नेता मधुसुदन पाण्डे र बलात्कार आरोपी राजु राउत माथी हाल प्रहरीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । सत्ताको नेतृत्व गरिरहेको एउटा दलका जिल्ला स्तरका नेता पक्राउ पर्नुले नेपाली राजनीतिक दलका अन्य नेतृत्व माथि समेत प्रश्न उठिरहेको छ ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त माली गाउँमा जाहेरी दिएपनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका पाण्डेका यस्ता क्रियाकलापले सिंगो नुवाँकोट काँग्रेसको अनुहारमा कालो धब्बा लागेको हुनुपर्छ ।

उता अर्का आरोपी राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी रहेको खुलेको छ । उनीहरु दुवैजना विभिन्न व्यवसाय संचालन गर्ने व्यवसायी हुन् । बलात्कार आरोप लागेका उनीहरुलाई निष्पक्ष छानविन गरी कडा भन्दा कडा कारबाही गर्नुपर्दछ ।

एउटा राजनीतिक दलका नेता जो समाजमा भैरहेको विभिन्न प्रकारका घटनाक्रमबाट समाजलाई जोगाउने, समाजमा सृजनात्मक कामका लागि अभियान संचालन गर्ने र सभ्य समाजको निर्माण अभियानमा जुट्नुपर्ने प्रतिनिधिको रुपमा रहनुपर्नेमा बलात्कार लगायतका जगन्य अपराधजन्य केसमा मुछिनुलाई कसरी बुझ्ने ?

के राजनीतिक दल, धन सम्पत्ति तथा पैसाको आडमा बलात्करजन्य घटनामा मुछिएकाहरुलाई कानून बमोजिम सजाएँ होला त ? कि पीडित भनिएकी महिलाले कुनै नराम्रो मनसाय राखेर पिडित भएको बहाना त बनाइरहेकी छैन ? यतातिर पनि प्रहरीले गम्भीरतापूर्वक ध्यान देओस् ।

सामाजिक संजालको माध्यमबाट चिनजान गरेकै आधारमा के के कारणले उनीहरु त्यसरी घर छाडेर हिडे ? त्यतातिर पनि शंका गर्ने ठाउँ त छँदैछ तर पनि बाटोमा भेट्न आउँदैमा जबरजस्ती शारीरिक सम्पर्क राख्न पाइदैन भन्ने कुरा ति नेताले किन बुझेनन् ?

के नेताले बोलाएको ठाउँमा आउँदा ति नेतृत्वले गिद्धे नजरले किन हेरे ? किन अनैतिक कामतिर लागे यो पछाडि उनका विगतका घटना, गतिविधि तथा क्रियाकलापलाई समेत ध्यान दिई उनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सामान्य रुपमा भन्ने हो भने अन्य सामान्य खालका नागरिकहरुबाट अपराध हुँदा भन्दा यि नेतालाई दोब्बर कारबाहीको माग गर्नुपर्छ ।

यिनलाई कम्तिमा पनि दोब्बर सजाएँ होस् ।अब कुरा रह्यो उनी सम्बद्ध दल नेपाली काँग्रेसको पार्टीमा राम्रो योगदान गरेका वा नागरिकले पत्याउने खालका पात्रदलको नेतृत्वमा पुग्ने सरसर्ति बुझ्न सकिने भएपनि पछिल्लो समय पैसा पहँुच लगायत विभिन्न कारणले नेतृत्वमा पुगिरहेका आरोपहरु समेत लागिरहेका छन्

यसतर्फ नेपाली काँग्रेसले ध्यान दिन जरुरी छ, यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई पार्टीले के कारबाही गर्दा आमनागरिकबाट त्यहि खालको मुल्याँकन हुनेछ । यस्ता व्यक्तिलाई पार्टीमा राख्नुले सिंगो पार्टिको स्थिति के होला ? त्यतातर्फ पनि सोचोस् र पहिले पार्टीबाटै कडा खालको कारबाही होस् ।

सदस्यताबाट निस्कासन गरियोस् । सरकारलाई कानून अनुसार कारबाहीको सिफारिस गरोस् त्यो कारबाही औपचारिकता पुरा गर्न मात्रै नभई आमनागरिकले थाहा पाउनुपर्छ अनि मात्र नागरिकले केही राहत महसुस् गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

  • आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

  • Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

  • व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    Post Thumbnail

    चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    Post Thumbnail

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution