Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२० मिनेट अघि)
Post Thumbnail

म्याग्दी, ८ मङ्सिरः सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान ३ः०० बजेदेखि तीव्र गतिको चिसो हावाहुरी चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीका कारण काभ्रेमा तीन र नारच्याङमा एक वटा घरको छानो उडाएको छ । रुख ढलेर भुरुङ्ग–तातोपानीदेखि मान्द्रेढुङ्गा जोड्ने सडक अवरुद्ध बनेको छ ।

“गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ,” उहाँले भन्नुभयो, “हावाहुरी निरन्तर चलिरहेको छ । थप विवरण सङ्कलन भइरहेको छ”, अन्नपूर्ण गाउँपालिका–३ दानाका वडासदस्य दुर्गादत्त सुवेदीले तीव्र गतिको चिसो हावा चलिरहेको बताउनुभयो ।

“हुरीको बेगले मानिसलाई समेत उडाउलाजस्तो महसुस भएको छ,” उहाँले भन्नुभयो, “कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उड्दा अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको छ ।”

मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले निर्माण गरेको अन्नपूर्ण र धौलागिरि हिमालबीचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ । साँघुरो गल्छीबाट हावा तीव्र गतिमा तल झर्दा दाना, नारच्याङ र आसपासका क्षेत्रमा हुरीको प्रभाव देखिने गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीयको अनुभव छ । विगतमा हिउँद सकिन लाग्दा बढी चल्ने यस्तो हावा पछिल्ला वर्षहरुमा बेमौसममै चल्न थालेको छ ।

तीव्र हावाहुरीले कालीगण्डकी करिडोर आसपासका सुक्खा बगर र सडकको धुलो उडाउँदा बस्तीमा धुलोको समस्या बढ्नुका साथै कृषि बाली, सुन्तलाखेती र विद्युत् प्रसारण लाइनमा असर पुग्ने गरेको छ ।

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    गुरु नानकको जन्मजयन्ती मनाइँदै

  • तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

    तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

  • पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    Post Thumbnail

    हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    प्रस्ताव आह्वान सम्बन्धी सूचना

    प्रस्ताव आह्वान सम्बन्धी सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution