Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत यहाँ आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१ दिन अघि)
Post Thumbnail

जनकपुरधाम, ८ मङ्सिरः जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत यहाँ आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ ।

नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गर्नुभयो ।

सो अवसरमा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो ।

उहाँले नेपाल–भारतबीचको यस रेल सेवामार्फत धार्मिक पर्यटन प्रर्वद्धन तथा व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सरयू–कमला एक्सप्रेसले दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो ।”

श्रममन्त्री यादवले विवाहपञ्चमी महोत्सव नजिक आइरहेको अवस्थामा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवाले आवागमनमा सहजता प्रदान गर्ने उहाँले बताउनुभयो । उहाँले पछिल्लो रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रर्वद्धन साथै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायको विकासमा समेत टेवा पुग्ने अपेक्षा गर्नुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारले दुई देशबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले रेल सेवा सञ्चालन गर्न भएको ऐतिहासिक पहलका लागि दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले नेपाल र भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्ने पहल दुवै देशका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।

विश्व हिन्दू परिषद् नेपालका प्रदेश सङ्गठन सचिव जङ्गबहादुर सिंहले रेल सेवाले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा दुवै देशलाई लाभ पु¥याउनुका साथै नागरिकबीचको आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल १७ वटा डब्बासहित आज बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो । रेलमा सवार भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । उहाँहरूका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ ।

स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई आजै पुनः बिदाइ गरिने प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।

नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि कुर्थाबाट भङ्गहा–बिजलपुरासम्म सेवा विस्तार गरिएको थियो ।

  • जनकपुरधाम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

  • Post Thumbnail

    लागुऔषधसहित चार जना पक्राउ

  • Post Thumbnail

    ३८४ किलो नक्कली महसहित एक पक्राउ

  • Post Thumbnail

    अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

    Post Thumbnail

    लागुऔषधसहित चार जना पक्राउ

    Post Thumbnail

    ३८४ किलो नक्कली महसहित एक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution