Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कृषि क्षेत्रलाई प्राथमितामा राखौँ ।(सम्पादकीय)

प्रत्यूष ८६७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ६, शुक्रबार (४ साल अघि)
कृषि क्षेत्रलाई प्राथमितामा राखौँ ।(सम्पादकीय)

धादिङ,०६ साउन।
साउनको पहिलो साता सकिनै लागेको भए पनि किसानलाई रोपाईको चटारोले छोडेको छैन । साउनको पहिलो साता सकिनै लाग्दा समेत धादिङ जिल्लाका करिब ६८ प्रतिशत खेतमा मात्रै रोपाई सकिएको प्रारम्भिक सर्भेक्षणले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धादिङका अनुसार धादिङ जिल्लामा कुल १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आईरहेको भए पनि हालसम्म करिब सात हजार ८ सय ८८ हेक्टर जमिनमा मात्रै रोपाई गरिएको अनुमान गरिएको छ । जिल्लाभर धानखेती हुने क्षेत्रफलको आधारमा कुल क्षेत्रफल मध्ये ६८ प्रतिशत धानखेती भएको अनुमान गरिएको छ ।

यसले गत वर्षहरुको तुलनामा केही प्रगति हुने देखिएको भए पनि कृषकको प्रगतिको दर हेर्ने हो भने त्यो निरासाजनक नै हो । कृषि प्रधान देशको लागि कुल खेती योग्य मध्ये झण्डै आधा खेती हुनु भनेको राम्रो पक्ष पक्कै होइन, तर साउनको पहिलो सातामा नै यो प्रगति त्यति निरासाजनक पनि होइन गत वर्षको तुलनामा यो वर्ष साउनको पहिलो सातामा नै यो प्रगति देखा पर्दा धानखेती गर्नेहरुको प्रगति अझै केही बढ्ने आशा भने गर्न सकिन्छ ।

संघ, प्रदेश र स्थानीय सरकारका अधिकारीहरु समेतले १५ असारलाई धान दिवसको रुपमा मानेर रोपाई सुरु गरेको समाचारहरु हाम्रा छापा तथा विद्युतीय संचार माध्यामहरुमा देख्न सकिन्छ । यसकारण १५ असारदेखीको करिब १८ दिनको अवधिमा रोपाईको प्रतिशत ६८ हुनु भनेको निकै राम्रो स्थिति हो ।

यस्तै गतिमा अवको केही दिन रोपाई हुने हो भने पक्कै पनि सन्तोषजनक प्रगति हात पार्न सकिन्छ । कृषि प्रधान देश भएता पनि हामी र हाम्रो सरकार कृषि पेशा प्रवद्र्धन र व्यवस्थित पार्न अग्रसर देखिदैन, सामान्य हल्ला र लहडमा कृषिमा चासो राखेको जस्तो गर्दा पनि किसान स्वयम्ले कृषि पेशालाई टिकाईराखेका छन् यो मानेमा पनि सरकारले किसानलाई धन्य सम्झनुपर्दछ ।

सरकार किसानप्रति उत्तरदायी देखिएको छैन किनभने जतिवेला कृषकले खेती पाती गर्ने गर्दछन् त्यतिवेलै मल, विउ तथा अन्य कृषिका लागि आवश्यक बस्तु तथा साधनहरुको अभाव मौन बसिरहेको हुन्छ यो विषय भने आम नागरिकलाई बोध भएकै कुरा हो, सरकारी अधिकारीहरुमा पनि यो कुरा मनमै लागेको भए पनि व्यक्त गर्ने गरेका छैनन् ।

किसानले आकासे पानीको भरमा यति धेरै रोपाई गरेको भए पनि आजसम्म कुनै सरकारले धन्यवाद दिएको पाइदैन, त्यो नेपाली कृषकहरुको पिडादायी कुरा हो । धान रोप्ने सिजन सुरु हुनु अगावै सरकारले कृषकका खेत बारीमा जाने कुलोहरुको व्यवस्थित पारिदिने वा उनीहरुको लागि खेतबारीमा आवश्यक रासायनिक मलको भरपुर व्यवस्था गरिदिने र खेतबारीमा लाग्न सक्ने सत्रुजिवको व्यवस्थापनको मात्रै जिम्मा लिईदिने हो भने पनि खेती गर्नेहरुको संख्या बढ्नसक्छ वा संख्या नबढेपनि खेती कृषकहरुले क्षेत्रफल विस्तार र विकासमा ध्यान दिनेछन् जसका कारण धानखेतीमा ह्वात्तै वृद्धि हुन सक्छ यसतर्फ समेत कुनै सरकारले ध्यान दिएको पाइदैन ।

सरकारी अधिकारीहरुले कृषि गरेको केही स्थानमा फोटो सेसन् गर्ने र फर्कने जस्तो काम राक्ने र परिणाममुखी कामहरु गर्ने मात्रै हो भने पनि कृषि क्रान्ति सुरु हुनेछ, कृषिमा हुने सामान्य खालका समस्या समाधानमा सरकारी निकायबाटै चासो राख्ने प्राविधिक जनशक्तिको उचित प्रकारले परिचालन गर्नेतर्फ सोचुन् यसतर्फ ध्यान दिए कृषि उत्पादन वृद्धि हुँदा कृषकले मात्रै आम्दानी गर्ने होइन कुल ग्राहस्त उत्पादनमा वृद्धि हुँदा अन्य मुलुकमा समेत निर्यात गर्ने खाद्यवस्तुको उपलव्धता समेत हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution