Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नयाँ आार्थिक वर्षको सन्दर्भ(सम्पादकीय)

प्रत्यूष ९६५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १, आईतबार (४ साल अघि)
नयाँ आार्थिक वर्षको सन्दर्भ(सम्पादकीय)

धादिङ,०१ साउन।
आज साउनको १ गते अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन् । आजवाट नयाँ आर्थिक वर्ष २०७९.०८० सुरु भएको छ ।

नेपाल सरकारले साउन १ गतेदेखी असार ३२ गतेसम्मलाई एक आर्थिक वर्षको रुपमा मान्ने गरेको छ। सरकारले आफ्ना सबै काम, कार्यक्रम तथा गतिविधिहरु यहि आर्थिक वर्षलाई आधार मानेर संचालन गर्ने गरेको छ ।

पछिल्लो समय एक आर्थिक वर्षको अवधिको परिवर्तनको वषमा चर्चा हुने गरेको छ । हाल संचालनमा रहेको अवधिको विषयमा सरकारी अधिकारीहरुमै समेत एक प्रकारको फरक मत छ ।

आसार महिनासम्म अर्थात आर्थिक वर्षको अन्तिम महिना असार महिना भएको र मुख्यत असारदेखी वर्षायाम लाग्ने भएकोले विकास निर्माणको प्रक्रियामा काम गर्न अहिलेको आर्थिक वर्ष उपयुक्त नभएको भन्ने खालको बहस भैरहेको छ । अहिले आर्थिक वर्ष परिवर्तन गर्ने र नयाँ समय र मितिसम्मको समयावधिलाई आर्थिक वर्ष मानिहाल्न केही अफ्ठ्याराहरु छन् तैपनी केही होमवर्कहरु भने भैरहेकै छन् ।

जे जस्तो अवस्था भए पनि पुरानो आर्थिक वर्ष सकिएर यसपटकको नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारी कार्यालयहरुदेखी सबै खालको काम तथा क्रियाकलापहरु संचालन गर्ने संघ संस्थादेखी आधिकारिक रुपमा सरकारी कार्यालयमा दर्ता भएका सबै संघ सस्थादेखी समुह वा फर्मसम्मले आफ्नै अडिट गर्नुपर्ने हुन्छ ।

पुरानो आर्थिक वर्षको समिक्षा गर्ने, आगामी आर्थिक वर्षलाई सफल पार्नका लागि उत्तम उपाय के हुन्छ भन्ने लगायतका कामहरुको अध्ययन गर्ने समयको रुपमा आगामी साउन र भदौसम्मको २ महिनालाई लिइन्छ । नयाँ आर्थिक वर्षको लागि नयाँ सरकारले नीति तथा कार्यक्रम ल्याएकोले नयाँ नीति कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजानको लागि आवश्यक तयारीहरु गर्न वा आवश्यक कार्यक्रमहरुको कार्यविधि तयारी लगायतका कामहरुको कारण सिंगो कार्यक्रम संचालन तथा आर्थिक अख्तियारी दिन केही समय लाग्ने भएकोले आगामी २ महिना अत्यावश्यकीय कामहरु बाहेक अन्य कामहरु संचालन गर्ने कार्यक्रम एकदम कम हुने गरेको छ। यसकारण पनि यो अवधिमा गत वर्षको समिक्षा राम्रोसंग हुनुपर्छ अन्यथा गत वर्षहरुको जस्तै नियति भोग्नुपर्ने अवस्था हुन्छ त्यसतर्फ सरकारी अधिकारी लगायतका अन्य सरोकारवालाहरुले पनि सोच्नुपर्दछ ।

गत आर्थिक वर्षमा आर्थिक रुपमा तरलता पैदा भएको विषयदेखी राजनीतिक रुपमा देखिएका केही समस्याहरु समाधान गर्न राजनीतिक दलहरु लाग्नुपर्ने हुन्छ । किसानले अफ्ना उत्पादनहरु वृद्धि गर्न नयाँ खालको योजना बनाउनेदेखी अन्य जो जो सरोकार राख्नेहरु छन् सबैले नयाँ आर्थिक वर्षलाई सन्तोषजनक बनाउन आ–आफ्नो ठाउँबाट भूमीका खेलौं । गत आर्थिक वर्षको विश्लेषण गरेर यसो भएको कुरा यस्तो भैदिएको भए ??? जस्ता कुराहरु अव हामीहरुबाटै नगर्ने र सबैले रिजल्टबेसमा गएर मात्रै काम गर्ने भन्ने आँट गर्नुपर्छ यसले हामी व्यक्तिहरुको विकासका काम मात्र नभएई सिंगो राष्ट्र व्यक्तिहरुको विकसका काम मात्र नभएई सिंगो राष्ट्र निर्माणकै लागि एक प्रकारका योगदान सिर्जना हुन पनि सक्दछ ।

यसकारण सामाजिक संस्थामा रहेकाहरुले त्यतैबाट र सरकारी सेवामा भएकाहरुले पनि जागिरसंगै सेवा भावको विचारमा लस हुनुका साथै सबै सरोकार राख्नेहरुले आ–आफ्नो ठाउँबाट लागौं भन्ने बातावरण तयार गरौं यस्ता खालका आँट, हिम्मत तथा अठोटले मात्रै हाम्रा कामहरुले सफलता हात पार्न सक्छौं । विगतको आर्थिक वर्षलाई समिक्षा गरेर नयाँ आर्थिक वर्ष भव्य र सफल बनाउनतिर लागौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

  • आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

  • Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

  • व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    Post Thumbnail

    चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    Post Thumbnail

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution