Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कपिलवस्तु

साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

दुई वर्षअघिसम्म नेपाली भाषा पढ्न र लेख्न कठिनाइ भोग्दै आएका कपिलवस्तुका मदरसामा अध्ययनरत विद्यार्थी अहिले नेपाली विषयमा सहजै पढ्न र लेख्न सक्ने भएका छन् ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १४, सोमबार (२ घण्टा अघि)
साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

कपिलवस्तु, १४ मङ्सिरः दुई वर्षअघिसम्म नेपाली भाषा पढ्न र लेख्न कठिनाइ भोग्दै आएका कपिलवस्तुका मदरसामा अध्ययनरत विद्यार्थी अहिले नेपाली विषयमा सहजै पढ्न र लेख्न सक्ने भएका छन् । मायादेवी गाउँपालिका–२ मनखोरियास्थित मिसवाहुल उलुम आधारभूत विद्यालयका विद्यार्थीमा कक्षा कोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि यस्तो सुधार आएको हो ।

बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई नेपाली भाषा पढ्न र लेख्न कठिन हुने गरेकामा अहिले उनीहरूको पठन तथा लेखन सीपमा उल्लेख्य सुधार आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक मोहम्मद तारिखले दुई वर्षअघि नेपाली विषय पढ्नसमेत कठिन हुने विद्यार्थी अहिले धाराप्रवाह पढ्न र लेख्न सक्ने भएको बताउनुभयो । अरबी र अङ्ग्रेजीलगायत विषयमा राम्रो ज्ञान भएका विद्यार्थीले नेपाली भाषामा समेत प्रगति गरेपछि विद्यार्थी र अभिभावक उत्साहित भएको उहाँले बताउनुभयो ।

पिस नेपाल र रुम टु रिड परियोजनाअन्तर्गत विद्यालयमा दुई वर्षदेखि कक्षा कोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि सिकाइ उपलब्धिमा सुधार आएको प्रधानाध्यापक तारिखको भनाइ छ । कार्यक्रमले शिक्षकको अध्यापन शैलीमा परिवर्तन ल्याउनुका साथै विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको उहाँले बताउनुभयो ।

विद्यालयकी शिक्षिका अनिता चौधरीले तालिमप्राप्त गरेपछि नयाँ विधि र अभ्यासमार्फत पठनपाठन गराउन थालेको बताउनुभयो । शिक्षकले विद्यार्थीको सिकाइस्तरअनुसार शिक्षण गतिविधि सञ्चालन गर्न थालेपछि नेपाली भाषा पढ्न र लेख्न सक्ने विद्यार्थीको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।

मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले मदरसामा अध्ययनरत विद्यार्थीको नेपाली भाषा सिकाइमा आएको सुधार सकारात्मक रहेको बताउनुभयो । दक्षिणी क्षेत्रका मदरसामा समेत पठनपाठनको स्तरवृद्धि हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले दुई वर्षअघि नेपाली पढ्नसमेत कठिनाइ हुने विद्यार्थी अहिले राम्रोसँग पढ्न र लेख्न सक्ने भएको देख्दा खुसी लागेको बताउनुभयो । पिस नेपाल र रुम टु रिड परियोजना सञ्चालन भएका विद्यालयमा शैक्षिक सुधार देखिएको उल्लेख गर्दै उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

मनखोरियाको मिसवाहुल उलुम आधारभूत विद्यालयसहित कपिलवस्तु नगरपालिका–११ रेहरास्थित मदरसा मिसहाउल उलुम अल सफिया र मायादेवी गाउँपालिका–३ स्थित मदरसा रियाजुल उलुम अल सफिया आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको छ । परियोजनाका कार्यक्रम संयोजक नारायणप्रसाद पौडेलले कपिलवस्तुका दुई स्थानीय तहका तीन मदरसामा सञ्चालित कार्यक्रमबाट ७७७ विद्यार्थी लाभान्वित भएको बताउनुभयो । ती मदरसाका १५ शिक्षकलाई साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

संयोजक पौडेलका अनुसार कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिका तथा मायादेवी गाउँपालिकाका ९३ विद्यालयमा परियोजना सञ्चालन भइरहेको छ । कार्यक्रमबाट १३ हजार ९५० विद्यार्थी लाभान्वित भएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठन सीप तथा आधारभूत साक्षरता विकास गर्न कार्यक्रम सञ्चालन गरिएको हो । त्यसैगरी, ती स्थानीय तहका १५ विद्यालयमा कक्षा ६ र ७ का विद्यार्थीका लागि जीवनोपयोगी सीपसम्बन्धी कक्षासमेत सञ्चालन गरिएको संयोजक पौडेलले बताउनुभयो ।

  • कपिलवस्तु
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • चेपाङ बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै बेनीघाट रोराङ

    चेपाङ बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै बेनीघाट रोराङ

  • धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

    धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

  • Post Thumbnail

    शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

  • Post Thumbnail

    इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पशुधन गुमाएका किसानलाई राहत

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution