Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जुम्ला

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल)ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

जुम्ला, १२ मङ्सिरः नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल)ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको थियो । आईजात्रा शीर्षकका भएको उक्त कार्यक्रममा विद्यार्थीलाई आफ्ना सीप प्रदर्शनको अवसर पनि दिइएको थियो ।

विद्यार्थीहरूद्वारा विकसित नवीन उत्पादन तथा सिर्जनाहरू समेटिएका १४ वटा प्रदर्शनी कक्ष पनि समावेश गरिएका थिए । श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको प्रदर्शनीमा कृत्रिम बौद्धिकताको प्रयोग गरी तयार गरिएका कथा पुस्तकका डिजाइन, स्थानीयस्तरमा खेर गइरहेका ओखरबाट तयार गरिएको छालाको स्क्रब पाउडर तथा स्थानीय जडीबुटी र कृषिउपजका लागि नवीन प्याकेजिङ र ब्रान्डिङका नमूनाहरू आकर्षणका रूपमा प्रस्तुत भएका थिए ।

कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनराज शर्माले विद्यालयमा यस्तो महत्वपूर्ण अवसर सिर्जना गरेकामा इडब्ल्युबी नेपाल तथा त्यसका साझेदार संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो ।

इडब्ल्युबी नेपालका अध्यक्ष कपिलदेव रेग्मीले सामुदायिक विद्यालयहरूमा नवप्रवर्तन एवं सिर्जनशीलताको महत्वबारे मन्तव्य व्यक्त गर्दै परम्परागत कक्षाकोठाभन्दा बाहिर गएर विद्यार्थीहरूलाई प्राविधिकको प्रयोग गर्न, नवीन सोच विकास गर्न, समस्या समाधानका उपाय खोज्न तथा आफ्ना विचारलाई व्यावहारिक उत्पादनमा रूपान्तरण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रम ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सहयोगमा सञ्चालन गरिएको इडब्ल्युबी नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

  • जुम्ला
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

  • Post Thumbnail

    भारतीय सहयोगमा नवनिर्मित छात्रावास भवनको शुभारम्भ

  • हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

    हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

  • चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

    चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

    शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

    सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

    सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

    Post Thumbnail

    सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

    Post Thumbnail

    मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution