
अछाम, १० मङ्सिरः अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, धनगढी मातहत रहनेगरी आज सो कार्यालय स्थापना भएको हो । कार्यालयको डोटी, अछाम र बाजुरा कार्यक्षेत्र रहनेछ ।
मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय भएको थियो ।
डिभिजन कार्यालयले कार्यक्षेत्रभित्रका तीनवटै जिल्लाका मोटरेबल पुल र झोलुङ्गे पुलको निर्माण तथा मर्मतसम्भार गर्ने छ । स्थानीय तहका केन्द्रसम्म जोड्ने सडक तथा स्थानीय सडक, सामुदायिक पहुँच सुधार परियोजना, वैकल्पिक राजमार्ग, पर्यटकीय मार्ग,सडक सुरक्षा तथा निर्माण एवम् स्तरोन्नतिका योजना सञ्चालन गर्ने डिभिजन प्रमुख सोहिन्दर यादवले जानकारी दिनुभयो ।
नयाँ कार्यालय स्थापनासँगै तीन जिल्लामा पूर्वाधार विकाससम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वयमा सहज हुने अपेक्षा गरिएको छ । यसअघि सुदूरपश्चिमका नौ जिल्ला हेर्नेगरी धनगढीबाट योजना कार्यान्वयन हुने गरेका थिए । आज उद्घाटन भएको कार्यालयमा १२ जनाको दरबन्दी रहनेछ ।
कार्यालयको उद्घाटन गर्नुहुँदै अछाम क्षेत्र नं १ का सांसद भरतकुमार स्वारले कार्यालय स्थापना भएसँगै विकास आयोजनाको प्रभावकारी कार्यान्वयन हुने विश्वास लिएको बताउनुभयो । साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले विकास निर्माणका कामका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले भौगोलिक विकटताले भोतिक पूर्वाधारको कामलाई सहज बनाउन कार्यालय प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नु कर्मचारीको मुख्य दायित्व भएकाले विकास निर्माणका काममा कर्मचारी जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |