Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

लागुऔषध दुव्र्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापना गर्ने उद्देश्यका साथ धरानमा महिला सुधार केन्द्र भवन निर्माण हुने भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१३ मिनेट अघि)
धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

सुनसरी, १० मङ्सिरः लागुऔषध दुव्र्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापना गर्ने उद्देश्यका साथ धरानमा महिला सुधार केन्द्र भवन निर्माण हुने भएको छ ।

धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुने तीनतले भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले शिलान्यास गर्नुभएको हो ।

भवन निर्माण सम्पन्न भएपछि एकैपटक ५० जना महिलालाई आवासीय उपचार सेवा प्रदान गर्न सकिनेछ । भवन निर्माणका लागि रु तीन करोड नौ लाख २६ हजार ३०० लागत अनुमान गरिएको छ ।

केन्द्रको आन्तरिक स्रोत तथा देशविदेशमा रहेका सहयोगी, आजीवन सदस्य र दाताको सहयोगबाट भवन निर्माण सुरु गरिएको आसरा सुधार केन्द्र पानवारी धरानका प्रथम उपाध्यक्ष शिला बज्राचार्यले बताउनुभयो ।

महिलाका लागि छुट्टै सुधार केन्द्र आवश्यक रहेकाले २८ धुर बढी जग्गा खरिद गरेर भवन निर्माणको योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । प्रस्तावित भवनको प्रत्येक तलामा दुई हजार १८३ वर्गफिट रहनेछ । सिँढीसहित कूल पाँच हजार १५० वर्गफिटमा निर्माण हुने भवनमा आवासीय कोठा, परामर्श कक्ष, बहुउद्देश्यीय हल, भोजन तथा भान्सा क्षेत्र, स्वास्थ्य तथा प्राथमिक उपचार कक्ष र सीप विकासका लागि आवश्यक संरचना रहनेछ ।

आवास गृह निर्माण भएपछि महिलालाई सुरक्षित आवासीय सुविधा, उपचार, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श, योग तथा ध्यान, स्वास्थ्य परीक्षण र व्यावसायिक सीप विकास तालिम उपलब्ध गराइने आसरा सुधार केन्द्रले जनाएको छ ।

शिलान्यास कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खनालले हाल केन्द्रमा पुरुष दुव्र्यसनीलाई मात्र उपचार गर्ने व्यवस्था रहेकामा महिला दुव्र्यसनीको सङ्ख्या बढ्दै गएकाले उनीहरूलाई उपचार गराउने उद्देश्यले छुट्टै आवास गृह निर्माण गर्न लागिएको बताउनुभयो ।

लागुऔषध ओसारपसार तथा बिक्री वितरणविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको उल्लेख गर्दै उहाँले दुव्र्यसनमा फसेका व्यक्तिलाई मुद्दा चलाउने र कारबाही गर्ने मात्र नभई उपचारमार्फत समाजमा पुनःस्थापित गराउनु प्रहरी, समाज र राष्ट्रको उद्देश्य भएको बताउनुभयो ।

विसं २०७५ चैत १ गते आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज, काठमाडौँको शाखाका रूपमा स्थापना भएको केन्द्र २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालन हुँदै आएको छ ।

केन्द्रका अनुसार स्थापनादेखि हालसम्म दुई हजार १८७ जना उपचारका लागि भर्ना भएकामा दुई हजार १०० जनाले उपचार पूरा गरी पुनःस्थापना भएका छन् । हाल ८७ जना उपचाररत छन् ।

  • काठमाडौँ
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

  • Post Thumbnail

    मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा

  • Post Thumbnail

    वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

  • Post Thumbnail

    ट्राफिक प्रहरीको अभियान प्रभावकारी बन्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    Post Thumbnail

    भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

    आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

    आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

    विचार:
विद्यालय सिकाइ कि यातना केन्द्र ?

    विचार: विद्यालय सिकाइ कि यातना केन्द्र ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution