Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

जाडो छल्न आउन थाले पाहुना चरा

जाडो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा तराई झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा देखिन थालेका छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

चितवन, १० मङ्सिरः जाडो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा तराई झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा देखिन थालेका छन् ।

जाडो छल्न हाँस प्रजातिका चरासहित बाज, चिललगायतका चरा यहाँ आएका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस यहाँका नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेका छन् । अहिले कतिपय चरा आइसकेका र कतिपय आउन बाँकी रहेको उहाँले बताउनुभयो । नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन आउने गरेका छन् ।

बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा छन् ।

त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा १२० देखि १८० प्रजातिका चरा आगन्तुकका रूपमा आउने गरेको बताउँदै उहाँले अहिलेसम्म एक सयभन्दा बढी प्रजातिका चरा आइसकेको बताउनुभयो । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उहाँले जानकारी दिनुभयो ।

पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने भएकाले चरालाई आहार खोज्न पर्याप्त समय नहुने हुँदा ती चरा दक्षिणतर्फ आउने गरेको उहाँले बताउनुभयो । पाँचदेखि सात हजार किलोमिटर टाढाबाट यहाँ चरा आउने गरेको उहाँको भनाइ छ ।

विशेषगरी सिमसार, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् । चितवनमा ६५२ प्रजातिका चरा अभिलेख भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदी तथा आसपासका सिमसार क्षेत्र जलपक्षीका लागि उपयुक्त बासस्थान मानिन्छन् । निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन चराका लागि उपयुक्त विचरण क्षेत्र हुन् ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

  • Post Thumbnail

    हावाहुरीले सुन्तला झारेपछि किसान चिन्तित

  • Post Thumbnail

    ‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    Post Thumbnail

    भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

    आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

    आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

    विचार:
विद्यालय सिकाइ कि यातना केन्द्र ?

    विचार: विद्यालय सिकाइ कि यातना केन्द्र ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution