Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

बागमती प्रदेशको आगामी दश वर्षको विकास खाका तयार गरिने

बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१३ मिनेट अघि)
Post Thumbnail

हेटौँडा, १० मङ्सिरः बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै जिल्ला, ११९ वटै स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति, हालसम्म सम्पादन भएका काम तथा तिनको प्रभावबारे समीक्षा गरिने जानकारी दिनुभयो ।

समितिले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको लेखाजोखा गरी आगामी दश वर्षका लागि रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने उहाँले बताउनुभयो ।

बैठकले भोटेकोसीको बाढीबाट बाबु वा आमामध्ये कुनै एक अभिभावक गुमाएका बालबालिकालाई पनि अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले बाबु र आमा दुवै गुमाएका बालबालिकालाई मात्र यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय सेवामा चौथो तहका कर्मचारीको पदपूर्ति गर्न सकिने व्यवस्था मिलाउन ऐन संशोधन गर्न लागिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

पाँचौँ तहदेखि मात्र पदपूर्तिका लागि विज्ञापन गर्ने विद्यमान व्यवस्थाका कारण स्थानीय तहमा अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरलगायत चौथो तहका जनशक्ति पदपूर्तिमा समस्या देखिएकाले ऐन संशोधन गर्न लागिएको उहाँले बताउनुभयो ।

बैठकले प्रदेशमा व्यवस्थित बस्ती विकास तथा जग्गा एकीकरणका कार्यक्रम सञ्चालन गर्न बस्ती विकास तथा जग्गा एकीकरणसम्बन्धी ऐन, २०८३ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

रामेछापको मन्थली नगरपालिका–६ मा निर्माण गरिने फोहरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न उक्त आयोजनालाई प्राथमिकताप्राप्त आयोजनाका रूपमा तोक्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रदेश सरकारले मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कार्यका लागि विभिन्न सङ्घीय कार्यालयलाई करिब चार करोड ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट सङ्कलित राजस्व प्रदेश सरकारलाई समेत प्राप्त हुने भएकाले सम्बन्धित कार्यालयको व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन लागिएको प्रवक्ता केसीले बताउनुभयो ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा ७ को उपदफा (१) बमोजिम प्रदेशका सबै जिल्लाका लागि मासु सुपरिवेक्षक तोक्ने तथा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यबोझ व्यवस्थापन र कार्यसम्पादनलाई व्यवस्थित बनाउन एघारौँ तहको एक प्राविधिक पद थप गर्ने निर्णय भएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत उद्योगतर्फका सचिव सङ्घमा सरुवा भएपछि उक्त जिम्मेवारी साविककै सचिव दीपेन्द्र सुवेदीलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर पदमा तल्लो तहमा कार्यरत इन्जिनियरलाई तथा प्रदेश निजामती किताबखानाको एघारौँ तहको निर्देशक पदमा तल्लो तहमा कार्यरत कर्मचारीलाई कायममुकायम मुकरर गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

  • मन्त्रिपरिषद्
  • रामेछाप
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

  • Post Thumbnail

    भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

  • Post Thumbnail

    जाडो छल्न आउन थाले पाहुना चरा

  • Post Thumbnail

    हावाहुरीले सुन्तला झारेपछि किसान चिन्तित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बागमती प्रदेशको आगामी दश वर्षको विकास खाका तयार गरिने

    Post Thumbnail

    साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

    Post Thumbnail

    भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution