Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (३७ मिनेट अघि)
Post Thumbnail

ललितपुर, ८ मङ्सिर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार पार्टीको नीति, विचार र आगामी कार्यदिशा निर्धारण गरिने बताउनुभयो ।

“विगतको गौरवशाली इतिहासको स्मरण गर्दै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गरेका छौँ, राष्ट्रिय पुनर्जागरणलाई विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकाङ्क्षासँग जोडेर अघि बढ्ने छौँ । आगामी दिनमा राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुन:स्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने छ”, उहाँले भन्नुुभयो ।

सभापति थापाले गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ जनताको विश्वास जिती लोकप्रिय पार्टीका रुपमा स्थापित हुनसक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले २०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको बताउनुभयो ।

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले गत संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशलाई कांग्रेसले सम्मान गर्ने बताउँदै रास्वपालाई पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उहाँले सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरीमा प्रश्न उठाउने, आवश्यकताअनुसार खबरदारी र प्रतिरोध गर्ने धारणा राख्नुभयो ।

उहाँले पार्टीको विधान कार्यान्वयनमा भने कुनै सम्झौता नहुने भन्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । सभापति थापाले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा विधानअनुसार कारबाही हुने स्पष्ट गर्नुभयो ।

सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिनुभयो । बैठकमा स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

  • नेपाली कांग्रेस
  • प्रतिनिधिसभा
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • राष्ट्रियसभा
  • ललितपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटघाट

  • Post Thumbnail

    विभिन्न संसदीय समितिको बैठक बस्दै

  • Post Thumbnail

    अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

  • Post Thumbnail

    बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी प्रभावित रसुवा बेतिनीका विद्यार्थीलाई न्यानो कपडा वितरण

    चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

    चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

    Post Thumbnail

    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution