Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१२ मिनेट अघि)
Post Thumbnail

बागमती, ७ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको आजको बैठकमा उहाँले रसुवा, नुवाकोट, धादिङ लगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुन:स्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।

विपद्बाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकले भोग्नुपरेका समस्या तथा उद्धार, राहत र पुन:स्थापनाका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा बैठकमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको पुन:स्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूबाट सुझाव र धारणा लिइएको थियो ।

विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएकोमा मुख्यमन्त्री थापाले जोड दिनुुभयो ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयासका साथ अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुन:स्थापनाको अनुभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गरिने उहाँको भनाइ छ ।

  • धादिङ
  • नुवाकोट
  • बागमती
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

    प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

  • प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

  • प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

  • प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

    प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

    प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

    प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

    Post Thumbnail

    पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

    गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

    गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution