Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् ।
रासस २७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (२६ मिनेट अघि)
कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

मुस्ताङ, ७ मङ्सिर : समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ ।

पछिल्लो केहीवर्ष यता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटकहरु कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिनुभयो । सडकमार्ग हुँदै कोरला नाका आएका पर्यटकहरुको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको सशस्त्र प्रहरी निरीक्षक धितालले जानकारी दिनुभयो ।

भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरु उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।

हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ । नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ । यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन् । गर्मीयाममा भने कोरला नाका अवलोकन गर्ने उल्लेख्ख सङ्ख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकहरुले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो भिडियो र टिकटक आदि बनाउने गर्छन् । हिउँदयामको मौसममा कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ ।

कोरला नाकामा पर्यटक लक्षित करिब १०० बढी त्रिपालमुनि व्यापार गर्न बसेका स्थानीयहरु छन् । उनीहरु दैनिक आलोपालो सवारी सङ्ख्याको अनुपात मिलाएर नाकामा आएका पर्यटकहरुलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकहरुलाई निकै असहज भएको छ ।

कोरला नाका अवलोकन गर्न आउने पर्यटकहरुले चीनतर्फको ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन् । नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुख्खा बन्दरगाह एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा नेपालतर्फको व्यवस्थापनमा चुनौती बनेको छ ।

कोरला नाकामा विद्युत्, इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या देखिएको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले दुखेसो सुनाउनुभयो । नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि अझै कोरलानाकामा खानेपानीको समस्या यथावत रहेको उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्‍याएपनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीहरुलाई समस्या रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • मुस्ताङ
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

  • प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

    प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

  • मनकामना केबलकार दुई करोड १२ लाखले चढे

    मनकामना केबलकार दुई करोड १२ लाखले चढे

  • नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

    खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution