Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
इलाम

गजुरमुखी धाममा तीर्थालु भक्तजनको घुइँचो

इलामको माङसेबुङ गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा तीर्थालु भक्तजनहरुको भीड बढ्न थालेको छ । गजुरमुखी धाममा देवीको दर्शन एवं भाकल बुझाउन भक्तजनहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धामका पुजारी सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (९ घण्टा अघि)
Post Thumbnail

इलाम, ६ मङ्सिर : इलामको माङसेबुङ गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा तीर्थालु भक्तजनहरुको भीड बढ्न थालेको छ । गजुरमुखी धाममा देवीको दर्शन एवं भाकल बुझाउन भक्तजनहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धामका पुजारी सन्तोष बस्नेतले जानकारी दिनुभयो ।

कात्तिक पूर्णिमाको अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘परम्परागत गजुरमुखी धार्मिक मेला’ लाई लक्षित गरी भक्तजनको घुइँचो बढेको हो । ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ भने झै धार्मिक मेलासँगै देवीको दर्शनसमेत गर्न पाउने भएकाले यतिबेला गजुरमुखी धाम आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बस्नेतले बताउनुभयो ।

गजुरमुखी धाममा विगत दुई महिनायता नेपालको पूर्वी क्षेत्र तथा छिमेकी मुलुक भारतका सिक्किम, दार्जिलिङ, मिरिक, खर्साङ, आसाम, कालेङबुङलगायतका ठाउँबाट दैनिक सयौँको सङ्ख्यामा गजुरमुखी धाम दर्शन गर्न आउने गरेका छन् । गजुरमुखी धाममा दर्शन एवं भाकल गरेमा मनोकाक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यहाँ भाकल गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । यद्दपि, यसको वैज्ञानिक परीक्षण भने भएको छैन । यही जनविश्वास रहेकाले यहाँ देवीको दर्शन गर्न र पूजा अर्चना गर्न अहिले दैनिक ५०० को हाराहारीमा भक्तजनहरु आउने गरेका छन् ।

“धाममा दर्शन गर्न आउने तीर्थालु भक्तजनहरुको उपस्थिति अन्य समयभन्दा अहिले बढेको छ”, बस्नेतले भन्नुभयो, “पछिल्लो साता दैनिक ५०० को हाराहारीमा तीर्थालु भक्तजनहरुको उपस्थिति भइरहेको छ ।” विशेषगरी शनिबार र मङ्गलबार बढी मात्रामा भक्तजनहरु आउने गरेको उहाँको भनाइ छ । गजुरमुखी धाममा सामान्यतया असोजदेखि जेठसम्म भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्दछ ।

‘परम्परागत गजुरमुखी धार्मिक मेला’ को तयारी तीव्र

यसैबीच, यहाँ परम्परागत रुपमा कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको ‘परम्परागत गजुरमुखी धार्मिक मेला’ को तयारी तीव्र पारिएको छ । धार्मिक महत्वको गजुरमुखी धाममा मङ्गलबार र बुधबार विभिन्न कार्यक्रमका साथ धार्मिक मेला लाग्दैछ ।

मेला व्यवस्थापनका लागि माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको रोहबरमा स्थानीय ‘गजुरमुखी धाम पर्यटन विकास केन्द्र’ का अध्यक्ष सुरेन्द्र नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरी तयारी तीव्र पारिएको वडा सदस्य ठाकुर श्रेष्ठले जानकारी दिनुभयो ।

परम्परागत रुपमा सयौँ वर्ष अघिदेखि लाग्दै आएको धार्मिक मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको वडा सदस्य श्रेष्ठले बताउनुभयो । “यहाँ सयौँ वर्षदेखि कात्तिक पूर्णिमाको अवसरमा धार्मिक मेला लाग्दै आएको छ”, उहाँले भन्नुभयो, “परम्परालाई हामीले यस वर्ष पनि निरन्तरता दिएका छौँ ।”

उहाँका अनुसार मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजा अर्चना, स्थानीय जातजातिका साँस्कृतिक झाँकीहरुको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता आयोजना सञ्चालन हुनेछन् । खेलकुद प्रतियोगिताअन्तर्गत ‘गजुरमुखी गोल्डकप’ फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि नै सुरु भइसकेको छ । गोल्डकप सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको मेला मूल व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

मेलाका लागि सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शनको रात्रिकालीन व्यवस्था, आवास, भोजनलगायत प्रबन्ध मिलाइने अध्यक्ष नेम्बाङले बताउनुभयो । त्यसका लागि धाम आसपासमा पाल टाँगेर दर्जनौँ अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष नेम्वाङले बताउनुभयो ।

गजुरमुखी धाममा आउने तीर्थालु भक्तजनहरुको सहज पहुँचका लागि आवश्यक सबै प्रबन्ध मिलाउने काम भइरहेको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । गजुरमुखी धाम इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित छ । यहाँ पुग्न यातायातको सहज सुविधा विस्तार भएको छ । मेची राजमार्थ अन्तर्गत इलामको नेपालटर–मङ्गलबारे–धुसेनी सडक हुँदै मङ्गलबारेसम्म ३० किलोमिटर पक्की र त्यसपछि कच्ची सडकमार्फत गजुरमुखी धाम पुग्न सकिन्छ ।

झापाको दमकबाट दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) हुँदै माङसेबुङको चतुरेसम्म २९ किलोमिटर कच्ची र त्यसपछि १४ किलोमिटर कालोपत्रे सडकमार्फत गजुरमुखी धाम पुग्न सकिन्छ । उता पाँचथरको राँकेबाट राँके–गैडेँ सडक हुँदै र रविबाट हुलाक–नाङरुङ–गजुरमुखी दोधान कच्ची सडक हुँदै पनि गजुरमुखी धाम पुग्न सकिन्छ ।

जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीयस्थलमध्ये गजुरमुखी धाम पनि एक महत्वपूर्ण स्थल हो । धार्मिक आस्थाका लागि आउने गरेका आगन्तुकहरु इलाम आइका बेला प्रायजसो गजुरमुखी धाम पुग्न छुटाउँदैनन् । गजुरमुखी धामसँगै जिल्लाका अन्य धार्मिकस्थलहरुमा समेत भक्तजनहरुको चहलपहल बढेको छ । माइपोखरी, सानो पाथीभरा, माङसेबुङ, माङमालुङलगायत धार्मिकस्थलहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति सुरु भएको हो ।

  • इलाम
  • झापा
  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

    सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

  • बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

    बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

  • कुहिरो र सूर्योदय हेर्न मानुङकोट

    कुहिरो र सूर्योदय हेर्न मानुङकोट

  • चाररातेमा पर्यटकको घुइँचो

    चाररातेमा पर्यटकको घुइँचो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    Post Thumbnail

    पर्यटक आगमनमा वृद्धि

    Post Thumbnail

    नेपाल–भारतका धार्मिकस्थल जोडी बनाएका परिपथमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution