Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१२ घण्टा अघि)
बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

काठमाडौँ, ६ मङ्सिर: काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा धार्मिक मेला लाग्ने सनातनी परम्परा रहिआएको छ । यी दिनहरूमा नारायणस्थानमा पुगी पूजा, आराधना एवं दर्शन गरेमा पुण्य प्राप्त हुने र निधनपश्चात् वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहिआएको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो ।

“मन्दिरमा १२ फुट चौडाइ र २४ फुट लम्बाइको अलौकिक शिलामा मूर्ति छ । यो मूर्ति धर्म, संस्कृति, पुरातत्व र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पनि दिव्य स्थलका रूपमा लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

शिलामा स्वयं प्रकट भएको भगवान्को यो रूप विश्वमै अद्वितीय मानिने भएकाले हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको स्वामी निगमानन्दले बताउनुभयो । मन्दिरमा नेपाली र भारतीय धार्मिक पर्यटकको आगमन बढी हुने गरेको छ । पशुपतिनाथको दर्शनमा आउने भारतीय धार्मिक पर्यटक बूढानीलकण्ठ मन्दिरमा पनि पुग्ने गरेका उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ मन्दिरमा लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने गरेका छन् । यो मन्दिरमा हरि र हर अर्थात् विष्णु र शिव दुवै जना रहनुभएकाले पनि यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको श्री बूढानीलकण्ठ नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

यो मन्दिर शैव र वैष्णवका लागि मात्र नभई बौद्ध र किराँत मार्गीका लागि पनि उत्तिकै पवित्र स्थलका रूपमा मानिन्छ । यसैले यो ठाउँ धार्मिक सहिष्ण्ॉताको अनुपम नमूना बनेको स्थानीयवासी रामबहादुर केसीले बताउनुभयो ।

यी पाँचदिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्वामी निगमानन्दले बताउनुभयो । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

“द्वापर युगमा मृत्यशथ्यामा रहेका बेला यही पाँच दिनको समयमा भीष्मले युधिष्ठिरलाई उपदेश दिएकाले कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक पनि भनिन्छ । यो सयममा साधना गर्दा सजिलै ब्रह्मज्ञान प्राप्त हुने विश्वास पनि रहेको छ”, उहाँले भन्नुभयो ।

यसै अवसरमा श्री बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मङ्सिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको छ । यज्ञ शेष यहाँ सञ्चालित बूढानीलकण्ठ गुरुकुलको सञ्चालनका लागि खर्च गरिने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो । विसं २०५७ देखि बूढानीलकण्ठ मन्दिर परिसरमा गुरुकुल सञ्चालनमा ल्याइएको हो । गुरुकुलमा हाल ५० जना वैदिक ज्ञानको अध्ययन गर्ने बटुक रहेको समितिले जनाएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    गजुरमुखी धाममा तीर्थालु भक्तजनको घुइँचो

  • सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

    सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

  • कुहिरो र सूर्योदय हेर्न मानुङकोट

    कुहिरो र सूर्योदय हेर्न मानुङकोट

  • चाररातेमा पर्यटकको घुइँचो

    चाररातेमा पर्यटकको घुइँचो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    Post Thumbnail

    पर्यटक आगमनमा वृद्धि

    Post Thumbnail

    नेपाल–भारतका धार्मिकस्थल जोडी बनाएका परिपथमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution