Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पूजाआजाका सामग्री शुद्ध हुनुपर्नेमा जोड

धार्मिक एवं सांस्कृतिक कर्ममा प्रयोग गरिने पूजा सामग्री शुद्ध हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (४ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३ मङ्सिरः धार्मिक एवं सांस्कृतिक कर्ममा प्रयोग गरिने पूजा सामग्री शुद्ध हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

गुरु मञ्जरी अष्ट्रेलियाले बुधबार राजधानीमा आयोजना गरेको शुद्ध पूजा सामग्री उत्पादनका लागि गुरु पुरोहितसँगको अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले कर्मबाट फल प्राप्त गर्न सामग्री शुद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि आवश्यक सबै सामग्री नेपालमै उत्पादन गर्ने गरी गुरु पुरोहितलाई प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै, गुरु पुरोहितको आचरण, व्यवहार पनि शुद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले यज्ञकाकर्ताले ‘कतृत्व’ प्राप्तिका लागि दैनिक सन्ध्यावन्दन जस्ता नित्य कर्म गरेको हुनुपर्ने शास्त्रीय वचन रहेको बताउनुभयो । नेपालमा कर्मकाण्डको विधान उत्कृष्ट रहेकाले शुद्ध सामग्रीको प्रयोगका लागि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री डा कान्ता भट्टराईले पूजा सामग्री पञ्चपल्लमध्येमा पाखर र डुम्री दुर्लभ भएको उल्लेख गर्नुहँदै अरू चीज राखेर पञ्चपल्लव भनी बिक्री गर्ने काम गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा गौव्रती योगी सोमराजले स्थानीय जातका गाई नभई कुनै पनि यज्ञयागादि कर्म गर्न नसकिने बताउनुभयो । यज्ञका लागि हव्य र कव्य दिने स्थानीय जातका गाई ल्याइनुपर्ने उहाँको भनाइ थियो ।

गुरु मन्जरीका सञ्चालक प्रकाश ढोडारीले पूजा सामग्रीको शुद्धताका लागि विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

  • Post Thumbnail

    म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

  • Post Thumbnail

    धनगढीमा खाना महोत्सव

  • Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

    Post Thumbnail

    संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’

    Post Thumbnail

    चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution