
कास्की, ३० कात्तिक: आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल छनोट प्रतियोगितामा पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजयी भएका छन् ।
गण्डकी प्रदेश भलिबल सङ्घ र प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ बागलुङले स्याङ्जालाई तथा पर्वतले कास्कीलाई समान ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
पुरुषतर्फको फाइनलमा बागलुङले स्याङ्जालाई २५-२३, १८-२५, २५-१९ र २५-२१ को सेटमा हरायो । त्यसैगरी महिलातर्फ पर्वतले कास्कीलाई २५-२३, २५-१०, २१-२५ र २५-१७ को सेटमा पराजित गर्दै उपाधि हात पार्यो ।
गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार छनोट प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका महिला तथा पुरुष खेलाडीको नाम सार्वजनिक गरिनेछ । “पुरुष तथा महिलाको छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोट गर्नेछौँ । छनोट भएका खेलाडीलाई केही दिन बन्द प्रशिक्षणमा राखेर राष्ट्रिय खेलकुदमा सहभागी गराउने योजना छ”, उहाँले भन्नुभयो ।
पोखरामा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगितामा गण्डकीका नौ जिल्लाको सहभागिता थियो । छनोट प्रतियोगितामा घरेलु टोली कास्कीसहित, तनहुँ, गोरखा, बाग्लुङ, नवलपुर, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला भलिबल सङ्घले प्रतिस्पर्धा गरेका थिए ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |