Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलको लिग चरण सकियो

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१३ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ३० कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ ।

यसपटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे । केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन् । ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा प्रभावशाली देखिएका टोलीले लिग चरणमा आफ्नो वर्चस्व कायम गर्दा कमजोर प्रदर्शन गर्ने टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिग चरणको प्रदर्शनका आधारमा सर्वाधिक सफल टोलीको सूचीमा लुम्बिनी लायन्स शीर्ष स्थानमा रह्यो । रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सात खेलमध्ये पाँचमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यससँगै उसले सर्वाधिक ११ अङ्क जोड्दै अङ्क तालिकाको पहिलो स्थानमा रहेर लिग चरणको अन्त्य ग¥यो ।

गत संस्करणको उपाधि विजेता पनि रहेको लुम्बिनीले यसपटक पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ । टोलीले सुरुआतदेखि नै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै आफूलाई उपाधि रक्षाको बलियो दाबेदारका रूपमा उभ्याएको छ । कप्तान रोहितको नेतृत्वमा रहेको टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन कायम राख्नु उसको सफलताको महत्त्वपूर्ण आधार बन्यो । अब लुम्बिनीको लक्ष्य प्लेअफमा समेत यही लयलाई निरन्तरता दिँदै लगातार दोस्रोपटक उपाधि जित्ने हुनेछ ।

लगातार दुई संस्करणको फाइनल खेलेको सुदूरपश्चिम रोयल्सले पनि यसपटक आफ्नो बलियो उपस्थिति कायम राखेको छ । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार व्यहोर्दै १० अङ्क जोड्यो । ऊ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो ।

सुदूरपश्चिमका लागि यो सिजन पनि निरन्तरता कायम राख्ने अवसर बनेको छ । अघिल्ला दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको टोलीले यसपटक पनि प्लेअफमा स्थान सुरक्षित गर्दै उपाधि दौडलाई जीवित राखेको छ । लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम यसपटक विगतका दुई फाइनलको अनुभवलाई उपाधिमा बदल्ने लक्ष्यमा हुनेछ ।

यस संस्करणमा काठमाण्डु गोर्खाजको प्रदर्शन पनि उल्लेखनीय रह्यो । करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्क जोड्यो । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भयो ।

काठमाण्डुले लिग चरणमा केही बलिया टोलीलाई चुनौती दिँदै आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ । टोलीका लागि जित र हारबीचको उतारचढाव रहे पनि निर्णायक खेलमा प्राप्त नतिजाले प्लेअफको बाटो खुला ग¥यो । लगातार दोस्रोपटक प्लेअफमा पुगेको काठमाण्डुले अब उपाधि यात्रालाई थप अघि बढाउन आफ्नो प्रदर्शनमा निरन्तरता दिनुपर्नेछ ।

प्लेअफमा स्थान बनाउने चौथो टोली चितवन राइनोजका लागि भने लिग चरण मिश्रित रह्यो । चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । यससँगै उसले सात अङ्क जोड्दै तालिकाको चौथो स्थान हासिल ग¥यो ।

लिग चरणमा चितवनले अपेक्षाकृत स्थिर प्रदर्शन गर्न नसके पनि आवश्यक खेलमा जित निकाल्दै प्लेअफमा पुग्न सफल भयो । जित र हारको समान सङ्ख्या तथा वर्षाका कारण बाँडिएको एक अङ्कले उसको यात्रा केही उतारचढावपूर्ण बनेको देखिन्छ । अब चितवनसामु लिग चरणका कमजोरी सुधार्दै नकआउट चरणमा थप प्रभावशाली प्रदर्शन गर्ने चुनौती छ ।

गत संस्करणको लिग चरणमा दोस्रो स्थान हासिल गरेको विराटनगर किङ्सका लागि भने यसपटकको एनपिएल सुखद रहन सकेन । उसले सात खेलमध्ये तीनमा मात्र जित निकाल्दा चार खेलमा पराजय व्यहो¥यो । अघिल्लो संस्करणमा बलियो उपस्थिति जनाएको विराटनगर यसपटक भने शीर्ष चारमा पर्न असफल रह्यो ।

लिग चरणमा टोलीले अपेक्षाअनुसारको निरन्तरता कायम राख्न नसक्दा उसको प्लेअफ यात्रा समाप्त भयो । अघिल्लो संस्करणको प्रदर्शनलाई आधार मान्दा यसपटक विराटनगरबाट थप राम्रो नतिजाको अपेक्षा गरिएको थियो । तर, प्रतिस्पर्धात्मक लिगमा साना कमजोरीको मूल्य उसलाई महँगो साबित भयो ।

कर्णाली याक्सका लागि पनि एनपिएलको तेस्रो संस्करण उपलब्धिमूलक बन्न सकेन । उसले सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोर्दै अङ्क तालिकाको छैटौँ स्थानमा रहेर प्रतियोगिता टुङ्ग्यायो । केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि त्यसलाई निरन्तर जितमा परिणत गर्न नसक्नु कर्णालीका लागि महँगो साबित भयो । फलस्वरूप टोलीले प्लेअफमा स्थान बनाउन सकेन ।

पोखरा एभेन्जर्सको एनपिएल यात्रा पनि यसपटक निराशाजनक रह्यो । सात खेलमध्ये दुईमा मात्र जित निकाल्न सफल पोखराले पाँच खेलमा पराजय व्यहो¥यो । चार अङ्क जोडेको पोखरा अङ्क तालिकाको सातौँ स्थानमा रह्यो ।

गत संस्करणमा पाँचौँ स्थान हासिल गरेको पोखराले यसपटक पनि आफ्नो प्रदर्शनमा अपेक्षित सुधार गर्न सकेन । प्रतियोगिताका तीनवटै संस्करणमा सहभागिता जनाए पनि हालसम्म प्लेअफमा स्थान बनाउन नसकेको पोखराका लागि यो निरन्तरको निराशा हो । टोलीले आगामी संस्करणमा आफ्नो खेल रणनीति र समग्र प्रदर्शनमा सुधार गर्नुपर्ने देखिएको छ ।

पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका लागि भने तेस्रो संस्करण सबैभन्दा निराशाजनक रह्यो । जनकपुरले सात खेलमध्ये दुईमा मात्र जित निकाल्दा पाँच खेलमा हार व्यहो¥यो । चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रह्यो ।

पहिलो संस्करणको उपाधि जितेर एनपिएलमा आफ्नो बलियो पहिचान बनाएको जनकपुरले त्यसपछिका संस्करणमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन । गत संस्करणमा पनि अङ्क तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पनि सोही स्थानमा सीमित भयो । लगातार कमजोर नतिजाले टोलीको आगामी यात्रालाई थप चुनौतीपूर्ण बनाएको छ ।

लिग चरण सकिएसँगै अब प्रतियोगिता उपाधिको निर्णायक मोडमा प्रवेश गरेको छ । चार टोलीबीच हुने प्लेअफ प्रतिस्पर्धाले यस संस्करणको विजेताको टुङ्गो लगाउनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम, काठमाण्डु र चितवन पनि पहिलोपटक उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रनेछन् ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

  • महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

    महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद: सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

  • एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

    एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलको लिग चरण सकियो

    Post Thumbnail

    सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

    सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

    सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

    Post Thumbnail

    दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution