Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाल्पा

पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१८ मिनेट अघि)
Post Thumbnail

पाल्पा, ३० कात्तिक: पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएको छ ।

पाल्पा साइकलिङ सङ्घको आयोजनामा आगामी मङ्सिर ५ र ६ गते तेस्रो संस्करणको सम्पदा यात्रा हुन लागेको हो । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने आयोजकले जनाएको छ ।

यात्रामा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीयस्थलको परिक्रमा गरिनेछ । सङ्घले आज तानसेनमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । सङ्घका अध्यक्ष रुपेश महर्जनले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताउनुभयो । उहाँले यो कार्यक्रम पाल्पा साइक्लिङ सङ्घको मात्र नभएर आमपाल्पालीको हितमा हुन लागेकाले प्रचार-प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारलाई आग्रह गर्नुभयो ।

सङ्घका महासचिव विज्ञान बज्राचार्यले पाल्पाका ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा सम्पदा यात्रा आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पहिलो दिन मङ्सिर ५ गते बिहान ६:३० बजे तानसेन नगरपालिकाको टुँडिखेलबाट यात्रा सुरु हुनेछ ।

तानसेनको नारायण टोल, असन टोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै आर्य भञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको अवलोकन गर्दै साइकल यात्री निस्दी गाउँपालिकास्थित अमरिसो बगानका उलेडाँडा पुग्नेछन् । दोस्रो दिन मङ्सिर ६ गते बिहानका उलेडाँडाको पर्यटकीय क्षेत्र अवलोकन गरेपछि कीर्तिपुर हुँदै रामपुर नगरपालिकासम्म यात्रा गरिनेछ । रामपुरमा दिउँसो ४:०० बजे कार्यक्रम समापन हुने आयोजकले जनाएको छ ।

यस वर्षको हेरिटेज राइडमा मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकल यात्री सहभागी हुनेछन् । यात्रामा ११ जना महिला र १८९ जना पुरुष गरी २०० जनाले सहभागिता जनाउँनेछन् । सहभागी साइकल यात्रीको उमेर १६ देखि ६१ वर्षसम्म रहेको छ ।

सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । सम्पदा यात्राको पहिलो संस्करण २०७९ मातानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर आयोजना गरिएको थियो । दोस्रो संस्करण २०८२ मा ‘सम्पदा यात्रा’ मूल नारासहित तानसेन दरबारदेखि रामनी हल दरबारसम्म प्रतिस्पर्धात्मक साइकल यात्रा सञ्चालन गरिएको थियो ।

यसपटक तेस्रो संस्करणमा तानसेनदेखि पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका सांस्कृतिक, धार्मिक तथा प्राकृतिक आकर्षणलाई उजागर गर्ने यात्राले स्थानीय समुदायका लागि आर्थिक अवसर सिर्जना गर्नुका साथै साइकलमार्फत स्वस्थ र दिगो जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पाल्पाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई देशविदेशमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटनको सम्भावना बोकेर ओझेलमा परेका गन्तव्यको प्रचारप्रसारमा सम्पदा यात्राले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

  • पाल्पा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

  • पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

  • Post Thumbnail

    विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

    Post Thumbnail

    पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

    कोप-३१ को पहिलो साता: हिमाली मुद्दामा सकारात्मक उपलब्धि

    कोप-३१ को पहिलो साता: हिमाली मुद्दामा सकारात्मक उपलब्धि

    Post Thumbnail

    विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution