
काठमाडौँ, ३० कात्तिकः एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |