Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बर्दिया

बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१३ मिनेट अघि)
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

बर्दिया, ३० कात्तिकः स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको खेती विस्तार हुँदै गएको छ ।

बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारूले गत वर्ष गाउँपालिकाबाट अनुदानमा प्राप्त बीउबाट राम्रो उत्पादन भएपछि यस वर्ष खेतीको क्षेत्रफल बढाउनुभएको छ । गत वर्ष एक कट्ठामा खेती गर्दा चार क्विन्टल आलु उत्पादन भएको र स्वाद तथा बजार मूल्य राम्रो पाएपछि यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय थारू आलुको स्वाद राम्रो छ । उत्पादन राम्रो भएपछि यस वर्ष खेती विस्तार गरेको हुँ । मैनापोखरका किसान परशुराम थारूले गत वर्ष दुई कट्ठा क्षेत्रफलमा थारू आलुखेती गरेर सात क्विन्टल उत्पादन गर्नुभएको थियो । उत्पादित आलुमध्ये चार क्विन्टल बिक्री गरेर रु २० हजार आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “थारू आलुको बजार राम्रो छ । आलु किन्न ग्राहक घरमै आउने गरेका छन् । त्यसैले यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।” यस वर्ष पनि खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज बस्दै आउनुभएकी सपना भट्टराईले बजारमा उपलब्ध भएसम्म थारू आलु नै किन्ने गरेको बताउनुभयो । स्वादिलो हुनुका साथै लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले सिजनमा किनेर वर्षभरि पुग्नेगरी राख्ने गरेको उहाँको भनाइ छ ।

एक दशकअघि लोप हुने अवस्थामा पुगेको थारु आलु बजारमा माग बढ्न थालेपछि पुनः खेती विस्तार र व्यावसायिक उत्पादनतर्फ उन्मुख भएको छ । बर्दियामा उत्पादित आलुको माग स्थानीय बजारका साथै नेपालगन्ज, कोहलपुर, काठमाडौँ र पोखरासम्म हुने गरेको राजापुरका किसान जगत चौधरीले बताउनुभयो ।

आलुको संरक्षण र व्यावसायिक खेती प्रवर्द्धनका लागि जिल्लाका विभिन्न स्थानीय तहले अनुदानमा बीउ वितरण गर्न थालेका छन् । बढैयाताल गाउँपालिकाका विभिन्न वडामा ३० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएकामा पाँच हेक्टरमा थारू आलुखेती हुने गरेको गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गत वर्ष आलुखेती विस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १६ क्विन्टल आलुको बीउ वितरण गरेको थियो । चालु आर्थिक वर्षमा आलुखेती विस्तारका लागि रु चार लाख बजेट विनियोजन गरिएको छ । किसानको मागका आधारमा उक्त बजेट थारू आलुखेती प्रवर्द्धनमा खर्च गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

रैथाने बालीका रूपमा रहेको थारू आलु जिल्लाका आठवटै स्थानीय तहमा खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीले बताउनुभयो । उहाँका अनुसार उत्पादन क्षेत्रफलको एकिन तथ्याङ्क नभए पनि बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा यसको खेती बढी हुने गरेको छ ।

रैथाने बाली संरक्षणका लागि प्रदेश सरकारले रु चार लाख बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले थारू आलु पनि रैथाने बालीअन्तर्गत पर्ने भएकाले यसको संरक्षण तथा प्रवर्द्धनमा उक्त बजेट खर्च गर्न सकिने बताउनुभयो ।

थारू समुदायमा परम्परागत रूपमा खेती हुँदै आएको आलु स्वादका दृष्टिले अन्य प्रजातिका आलुभन्दा फरक र विशेष मानिन्छ । यसको भण्डारणका लागि शीतभण्डार आवश्यक नपर्ने कृषि प्राविधिक चौधरीले बताउनुभयो ।

प्रकाश नपर्ने ओसिलो ठाउँमा राख्नसके वर्षभरि नै भण्डारण गर्न सकिने उहाँको भनाइ छ । अन्य प्रजातिका आलुको तुलनामा थारू आलुको उत्पादन केही कम भए पनि बजारमा बढी मूल्य पाइने भएकाले किसानका लागि आम्दानीका दृष्टिले फाइदाजनक रहेको उहाँले बताउनुभयो । किसानका अनुसार थारू आलु प्रतिकिलो रु ४० सम्ममा बिक्री हुने गरेको छ । स्वादिलो भएकाले उपभोक्ताले पनि यसलाई रुचाउने गरेका छन् ।

पर्याप्त प्रचारप्रसार र बजारीकरणको अभावमा थारू आलुले अपेक्षाअनुसार बजार पाउन सकेको छैन । यसको संरक्षण, व्यावसायिक खेती विस्तार तथा बजारीकरणका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने किसान अगुवा जगत चौधरीले बताउनुभयो ।

  • काठमाडौँ
  • बर्दिया
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • किसानको बाली जोगाउन प्रहरी खेतमा

    किसानको बाली जोगाउन प्रहरी खेतमा

  • Post Thumbnail

    विपन्नको उपचार गर्न महायज्ञ

  • कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

    कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

  • Post Thumbnail

    छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution