Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (३ घण्टा अघि)
किसानको बाली जोगाउन प्रहरी खेतमा

भद्रपुर (झापा), ३० कात्तिकः झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो ।

यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गर्नुभएको थियो ।

प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काटने कार्यक्रम सञ्चालन गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो ।

“हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन् । त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ ।”

हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । धान काटने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए ।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो । अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए ।

किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

  • झापा
  • नेपाल प्रहरी
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

  • Post Thumbnail

    विपन्नको उपचार गर्न महायज्ञ

  • कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

    कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

  • Post Thumbnail

    छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution