Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (४ घण्टा अघि)
कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

अन्ताल्या (टर्किए), ३० कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।

कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताउनुभयो । “प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन”, उहाँले भन्नुभयो, “प्रत्येक देशको आफ्नै धारणा र आवाज छ । प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन कठिन भए पनि त्यो अत्यन्तै महत्वपूर्ण काम हो ।”

सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उहाँले दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र छलफल अघि बढाउन र रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभयो ।

विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित आर्थिक भार र ऊर्जा बजारको अस्थिरताका कारण देशहरू जलवायु परिवर्तनका विषयमा थप केन्द्रित हुँदै गएको उहाँको भनाइ थियो । नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र किफायती ऊर्जाको महत्वपूर्ण आधार बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

विद्युतीकरण र जलवायु वित्तमा पहुँचलगायतका विषय वार्ताको प्राथमिकतामा रहेको बताउँदै उहाँले स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार, स्वच्छ उद्योग तथा विपद्बाट नागरिकको सुरक्षा जलवायु कार्यका महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो ।

जलवायु सङ्कटको तत्काल समाधान सम्भव नभएको र एउटा सम्मेलनले मात्रै सङ्कट अन्त्य गर्न नसक्ने उल्लेख गर्दै उहाँले प्रत्येक सम्मेलनले ठोस प्रगति हासिल गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु कार्यलाई सफल बनाउन अर्बौं मानिसलाई यस अभियानमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।

यसका लागि जलवायु परिवर्तनका प्रभाव र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यस क्रममा उहाँले खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन तथा कलालाई जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्नुभयो । खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिएको विषय भएकाले यसमार्फत जलवायु परिवर्तनको प्रभाव आमनागरिकसम्म पुर्याउन सकिने उहाँको भनाइ थियो ।

विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीका कारण खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शक अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उहाँले खेलकुद क्षेत्रलाई जलवायु परिवर्तनअनुकूल बनाउन आवश्यक रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनका प्रभावबारे दर्शकलाई जानकारी गराउन सञ्चारमाध्यमले गरेको प्रयासबारे अनुभव सुनाउनुभयो । उहाँले विश्वकपका खेलमा राखिएका पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आद्र्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरी दर्शकलाई जानकारी गराएको बताउनुभयो ।

विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उहाँले खेलका क्रममा पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताउनुभयो ।

टेलिमुन्डोले त्यस्ता विश्रामका बेला विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको तथा शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनको प्रभावसँगै त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिँदै उहाँले मानिसको रुचि र चासो भएका क्षेत्रबाट जलवायु सञ्चारलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी, भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताउनुभयो ।

भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उहाँले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो ।

पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उहाँले कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताउनुभयो ।

लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी तथा विज्ञानमा आधारित काल्पनिक कथालगायत लोकप्रिय विधामार्फत जलवायु विषय समेट्न प्रोत्साहित गरिएको उहाँले जानकारी दिनुभयो ।

भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भएको र तिनको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका तयार गरिएको उहाँले जानकारी दिनुभयो । उक्त निर्देशिकाले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री उत्पादन अभ्यास अपनाउन सहयोग गर्ने उहाँको भनाइ थियो ।

चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई स्वच्छ र कम उत्सर्जनयुक्त बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई एकसाथ अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यका लागि नागरिकलाई प्रेरित गर्न सक्ने उहाँको विश्वास थियो ।

  • अन्ताल्या
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

  • किसानको बाली जोगाउन प्रहरी खेतमा

    किसानको बाली जोगाउन प्रहरी खेतमा

  • Post Thumbnail

    विपन्नको उपचार गर्न महायज्ञ

  • Post Thumbnail

    छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution