Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर् यो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
Post Thumbnail

चितवन, २९ कात्तिक: गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर्‍यो ।

यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो । चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको छ । यसै कारण गन्तव्यमा पुग्ने निश्चितता सडकमा नभएको यात्रुको गुनासो छ ।

काठमाडौँबाट शनिबार चितवनतर्फ आउँदै गर्नुभएका सरोज रेग्मी कुरिनटार आइपुग्दा लामो सवारी जाम देखिएपछि तर्सनुभयो । उहाँले भन्नुभयो, “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यही रोकिन पर्‍यो ।” झण्डै एक घण्टाको पर्खाइपछि उहाँले सडक पार गर्नुभयो । वबेलाबेलामा ढुङ्गा खसिरहँदा गन्तव्यसम्म पुग्ने अनिश्चितता र जोखिम उत्तिकै बढी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गा सहितको पहिरो खसिरहेको बताउनुभयो । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी बनाइएको भए पनि आज बिहान पहिरो खसेर एकतर्फी सडक सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ ।” सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय सवारी जाम हुने गरेको उहाँले बताउनुभयो ।

तिहारको भाइटिकाको अघिल्लो दिन राति ११:०० बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन ।” सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न भनिएको उहाँले बताउनुभयो ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडकको छेउको डाँडो कमजोर भएर सुक्खा पहिरो खसिरहेको हो । तत्काल अहिले भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उहाँले बताउनुभयो । जतिसक्दो जोखिमपूर्ण पहिरो खसेर जोखिम कम गर्नेबाहेकको विकल्प अहिले तत्काल नभएको उहाँको भनाइ छ ।

यस पहाडको पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उहाँले बताउनुभयो । पहिरो स्थलमा रातको समयका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्नेगरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा निर्माण कम्पनीले राखेको मिश्रले जानकारी दिनुभयो ।

यो सडक हुँदै १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । सवारी उच्च चाप हुने यस सडक थोरै समय रोकिँदा पनि सवारीको लाम लामो हुने गर्दछ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा रहनुपर्दा आफ्ना अत्यावश्यक काम गर्नबाट बञ्चित हुने गरेका छन् ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

  • Post Thumbnail

    दाङका किसान आलु रोप्न व्यस्त

  • कोप-३१ को पहिलो साता: हिमाली मुद्दामा सकारात्मक उपलब्धि

    कोप-३१ को पहिलो साता: हिमाली मुद्दामा सकारात्मक उपलब्धि

  • Post Thumbnail

    सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution