
तुलसीपुर (दाङ), १ मङ्सिरः दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।
स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उहाँले बताउनुभयो । “बजारमा आलुको माग निकै छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठूलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताउनुभयो । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।
“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उहाँले भन्नुभयो, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”
आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रुपमा लागेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |