Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको प्रदर्शन गरिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१६ घण्टा अघि)
‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौँ, २९ कात्तिकः नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको प्रदर्शन गरिएको छ ।

चाइना मिडिया ग्रुप एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास चिनियाँ सहयोगमा जोड दिनुभयो ।

उहाँले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको उक्त अस्पताल नेपाल–चीन मित्रताको प्रतीक भएको बताउनुभयो । एक सय शय्याबाट सुरु भएको अस्पताल हाल ५०० शय्यामा विस्तार भएको छ । अस्पतालमा हालसम्म २९९ जना सम्मिलित चिनियाँ चिकित्सक टोलीले सेवा प्रवाह गरिरहेको छ ।

अस्पताल स्थापना गर्ने समझदारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सन् १९९२ मा बेइजिङमा भएको स्मरण गर्दै अध्यक्ष दाहालले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । “मानवीय सेवाको कुनै सीमा हुँदैन । पीडामा परेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु नै चिकित्सकीय सेवाको सबैभन्दा ठूलो उपलब्धि हो,” अध्यक्ष दाहालले भन्नुभयो ।

विसंं २०७२ को भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोसी बाढीको कठिन समयमा चीन सरकारले गरेको उद्धार, राहत तथा अन्य सहयोगका लागि उहाँले कृतज्ञता ज्ञापन गर्नुभयो ।

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित बागमती प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोगका निम्ति आग्रह गर्नुभयो ।

यहाँस्थित चिनियाँ दूतावासका कार्यवाहक प्रमुख चौ फानले चीचन र नेपालबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई अझ विस्तार गर्न चीन इच्छुक रहेको बताउनुभयो ।

कार्यवाहक राजदूत चौका अनुसार विगत २७ वर्षदेखि नेपालमा चिनियाँ चिकित्सकहरूले उपचार सेवा, रोग पहिचान तथा रोकथाम, प्रविधि आदानप्रदान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सघाउँदै आएका छन् ।

सन् २०१६ देखि चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच संयुक्त रूपमा तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । शिविरबाट हालसम्म आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएका छन् ।

नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका अनुभव सुनाएका थिए ।

  • काठमाडौँ
  • राष्ट्रियसभा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

  • इजाजत नभएका बन्दुक बरामद

    इजाजत नभएका बन्दुक बरामद

  • Post Thumbnail

    लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

  • Post Thumbnail

    आज विश्व मधुमेह दिवस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धान काट्न व्यस्त छन् इलामका किसान

    धान काट्न व्यस्त छन् इलामका किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution