Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ, २९ कात्तिकः ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

सो प्रतिष्ठान कार्य समितिका सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा प्रतिष्ठानमार्फत स्थापना गर्नुभएको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं साहित्यकार रिजाललाई दिने निर्णय भएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा सदानन्द कँडेलका अनुसार राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिल्वालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको निर्णयका आधारमा गोरखापत्रका पूर्वप्रधानसम्पादक रिजाललाई सो पुरस्कार दिने निर्णय भएको हो ।

पण्डित होमनाथ रिजाल र जीवमायाको सुपुत्रका रुपमा २०१५ सालमा धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जन्मनुभएका रिजालले मुलुकको पत्रकारिता र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई कदर गर्दैै उहाँलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानले स्पष्ट गरेको छ । गोरखापत्र संस्थानमा ३० वर्षसहित ४० वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुभएका वरिष्ठ पत्रकार रिजालका हालसम्म २४ वटा कृति प्रकाशित भएका छन् ।

साहित्य र पत्रकारिता क्षेत्रमा विशेष रुचि राख्नुहुने वरिष्ठ पत्रकार रिजालले गोरखापत्रसहित कान्तिपुर, नागरिक र अन्नपूर्ण दैनिक तथा लोकान्तर डटकम, रातोपाटी डटकमलगायत विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा दार्शनिक, आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक विधामा कुरीति र कुसंस्कारविरुद्ध लेख, रचना प्रकाशित गर्दै आउनुभएको छ ।

धादिङ जिल्लाको पहिलो हाइस्कुल ‘आदर्श मावि’ गजुरीका संस्थापक प्रधानाध्यापक एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले शिक्षा क्षेत्रमा पु¥याउनुभएको ऐतिहासिक एवं प्रेरणादायी कदमलाई सम्मानसहित जीवन्त बनाउने उद्देश्यले पूर्वविद्यार्थीहरूको सक्रियतामा प्रतिष्ठान स्थापना भएको हो । पूर्वविद्यार्थी डा कँडेलको अध्यक्षतामा २०८१ सालमा स्थापना भएको सो प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा प्रतिभा सम्मानसहित शिक्षा र समाजसेवाका क्षेत्रमा उदाहरणीय एवं प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते शुक्रबार गजुरस्थित आदर्श माविमा विशेष कार्यक्रमबीच मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार रिजाल, आदर्श शिक्षासेवी पुरस्कार माणिकलाल श्रेष्ठ, युवा प्रतिभा पुरस्कार गायक एवं भ्वाइस अफ नेपाल सिजन–६ का विजेता प्रोशेश पाण्डेसहित आदर्श शिक्षक तथा एसइईमा उत्कृष्ट हुन सफल छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

विसं २०२५ मा स्थापना भई सोही वर्षदेखि प्रवेशिका परीक्षामा विद्यार्थीलाई सहभागी गराउँदै आएको आदर्श माविबाट करिब तीन हजार जनाले विद्यालय शिक्षा पूरा गरेका छन् ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका अनुसार धादिङको उक्त विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकाहरू मन्त्रिपरिषद् सदस्यदेखि सरकारका सचिव, उच्चपदस्थ राष्ट्रसेवक कर्मचारी, सभासद्, प्राध्यापक, डाक्टर, इन्जिनियर, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थासम्मको नेतृत्वमा रहेर देश र जनताको सेवामा क्रियाशील हुनुहुन्छ । यसैगरी, कानुन व्यवसायी, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, राजनीतिकर्मी, कलाकार, पत्रकार, समाजसेवीको भूमिकामा पनि उक्त विद्यालयका पूर्वविद्यार्थी क्रियाशील छन् ।

  • काठमाडौँ
  • गोरखा
  • धादिङ
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

  • Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

  • Post Thumbnail

    काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

  • Post Thumbnail

    निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution